English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
दृष्टिकोण
 
भिसाविहीन नेपाली कामदार
२०६६ कार्त्तिक ५, विहीवार @ 12:42 PM
:
+ A - A

कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। कोरियाली अध्यागमनले तोकेको ‘स्वेच्छिक फिर्ती' को म्याद सकिएपछि यही अक्टोबरदेखि कडा धरपकड थालिएकाले यस्तो अवस्था उत्पन्न भएको हो। प्रारम्भिक धरपकडमा लक्षित सफलता प्राप्त नभएको भनी पक्राउ अवधि बढाइएको छ। अध्यागमनले नेपालीलगायत विदेशीको बाक्लो उपस्थिति भएका ठाँउमा जारी गरेको सूचनाबाट यो धरपकड कति डरलाग्दो छ भन्ने बुझ्न सकिन्छ। उता मजदुर अधिकारका लागि कार्यरत संघसंगठनले अध्यागमनको धरपकडको तीब्र विरोध गरिरहेका छन्। खतराको पर्बाह नगरी झिनो संख्यामा नेपाली पनि प्रदर्शनमा उत्रिएका छन्। ‘जुन दिन पक्राउ परिन्छ त्यही दिन नेपाल गइन्छ' भन्ने भिसाविहीन नेपालीको मानसिकता बनेको देखिन्छ।


गत सेम्टेम्बरबाट सातैपिच्छे १०-२० जना नेपाली पक्राउ परिरहेका छन्। ‘स्टप क्र्याकडाउन ब्याण्डका मिनोद मोक्तानको फोटो बोकेर खोज्न थालेको निकैपछि यसै साता उनलाई पक्रन कोरियाली प्रहरी सफल भयो। नेपालीको बाक्लो बस्ती भएको दोङदेमुन नजिकैको एक मासु बजारमा मासु काट्ने, ओसार्ने र सफाइमा संलग्न १० जना नेपाली एकै दिन पक्राउ परे। उनीहरूलाई कम्पनी मालिकले नै पक्राएको यहाँका नेपालीको आशंका छ। वर्षदिन काम गरेका कामदारलाई दिनुुपर्ने बोनस लिन्न भनेर हस्ताक्षर गर्न नमालेकाले कम्पनीले नै चलाखी गरेर प्रहरी र अध्यागमन अधिकारी बोलाएको आशंका गरिएको छ।


भिसाविहीन नेपालीहरू बाटो हिँड्दा पनि प्रहरीले पक्रला भन्ने डरले न्याउरो अनुहार पारेका हुन्छन्। आत्मबल गुमाएका भिसाविहीन नेपाली पहिचान गर्न अध्यागमन कर्मचारी खप्पिस भइसकेका छन्। भिसा भएकालाई तिनले सोधपुछ गरेको घटनै छैन भने पनि हुन्छ। पासपोर्ट परिवर्तन गरेका तथा अन्य केही भने पटकपटक सोधपुछको सामना गर्न बाध्य भएका छन्।


सन १९८८ देखि आएका नेपाली कोरिया भेटिन्छन्। एकातिर, पर्यटन भिसामा आएर झन्डै दुई दशक बसेका नेपालीको मनले आफूले कोरियाली कानुन उल्लंघन गरेको मान्न सकिरहेको छैन। अर्कातिर, कोरियामा नेपालीको श्रम कानुनी र श्रमिक गैरकानुनी हुने अन्यायपूर्ण पद्धतिले संस्थागतरूप लिएको छ। कोरियाली सरकारले पनि काम गर्ने श्रमिकभन्दा काम लगाउने मालिकलाई दण्ड दिने र त्यस्ता कम्पनीमा उत्पादित सामग्री विक्री, वितरण तथा निर्यातमा रोक लगाउन सक्नुपर्छ। कमजोरविरुद्ध लक्षित व्यवस्था न्यायपूर्ण मानिन सक्दैन।


सरकार र बहुसंख्यक अनुदार कोरियालीहरू गैरकानुनी विदेशीबाट त्यहाँको समाजमा असुरक्षा बढेको ठान्छन्। प्रहरीले जारी गरेको अपराधसम्बन्धी तथ्यांकबाट भने यस्तो अनुमान सही सिद्ध हुँदैन। केही प्रान्तमा अपराधमा विदेशीको संलग्नता बढी देखिए पनि त्यसमा भिसाविहीन कामदारमात्र छैनन्।


यी भिसाविहीन नेपालीका राम्रा र नराम्रा गतिविधीबारे नेपालमा सही सूचना छैन। यस्तै तिनका समस्या र वाध्यताबारे पनि गलत कतिपयमा बुझाइ देखिन्छ। नेपालमा यसरी भिसाविहीन अवस्थामा विदेशमा बसेको नागरिकलाई सजाय दिने वा नदिने स्पष्ट व्यवस्था पनि छैन। गैरकानुनी रूपमा रहेका कामदारको भने जवानी र श्रम कोरियामा नै खर्च भएकाले मन लागे जति समय कोरिया बस्न पाउनुपर्छ भन्ने माग छ।


मिनु मोक्तानको पक्राउपछि केही कोरियाली ‘फ्री मिनु' अभियानमा लागेका छन्। यसले एकपटक फेरि नेपालले प्राप्त गर्ने इपीएस कोटालाई प्रभावित गर्न सक्छ। कोरियालीहरूको विरोध पनि बुझिनसक्नु नै छ। कोरियामा धेरै भिसाविहीन नेपाली पक्राउ परे जो मिनोदभन्दा बढी वा मिनोद जत्तिकै सामाजिक कार्यमा सक्रिय थिए। तिनलाई मुक्त गर भनेर अभियान चलाइएन। यसैले यो राजनीति मिसिएको श्रमिक अभियान देखिएको छ। विगतमा काजीमान, तोर्ण लिम्बु र समर थापा पक्राउ पर्दा पनि केही कोरियालीले नारावाजी गरेका थिए। कोरियाली अधिकारीका आँखामा नेपालीहरू नारावाजी गर्ने र अरूलाई पनि संलग्न हुन उक्साउने जाति हो भन्ने छाप परिसकेको छ। भियतनामी वा चिनिया कामदार हम्मेसी आफ्ना नाममा हुने प्रदर्शनीमा सामेल हुँदैनन्। हुनत, नेपालीको अधिकारको संघर्षले कोरियामा श्रमिक अधिकार कर्मीमाझ भने राम्रो छवि पनि बनेको छ।
अधिकारका लागि कोरियामा संघर्ष गर्दा भिसाविहीन वा भिसाधारी नेपालीले सबै मुलुकका आआफ्नै नियम र कानुन हुन्छन् र त्यसको पालना गर्न स्वदेशी वा विदेशी सबै बाध्य हुन्छन् भन्ने बिर्सनु हुँदैन। कामदार भिसामा आएर पूर्वनिधारित समयसम्म काम गर्न नपाएमा आफ्नो अधिकारका लागि संघर्ष गर्नु न्यायोचित हुन्छ। तर कलाकार, खेलाडी वा पर्यटकका भेष र भिसामा आएर लुकीछिपी काम गर्ने र त्यसैलाई वैधानिक हो भनी संघर्ष गर्दा कानुनीरूपमा जित्ने कुनै संभावना हुँदैन।


गैरकानुनीरूपमा बस्ने नेपालीले केही आर्थिक उपार्जन गरेपनि तिनले कोरियामा भोग्नुपरेको समस्या र नेपालमा गुमाउनुपर्ने सामाजिक मूल्य निकै चर्को छ। त्यसैले जीवन जोखिममा पार्दै परिचयबिनाको ‘अछुत जाति' का रूपमा कोरिया बस्नुभन्दा आफ्नो पारिवारिक कर्तव्य र कोरियाली कानुनको सम्मान गर्दै स्वेच्छिकरूपमा स्वदेश फर्कनु सबैभन्दा उत्तम विकल्प देखिन्छ।

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» इपिएसमा वैधानिक अपराध  -  २०६६ आश्विन ५, सोमवार
» तिज र समाज रुपान्तरण  -  २०६६ भाद्र ८, सोमवार
» खतरनाक खेल  -  २०६६ श्रावण २७, मंगलवार
» एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल  -  २०६६ श्रावण २१, बुधवार
» नागरिक सर्वोच्चता: देखाउने दाँत  -  २०६६ ज्येष्ड ४, सोमवार
» लोकतन्त्रको नकाबभित्र सत्ताकब्जाको रणनीति  -  २०६६ वैशाख २५, शुक्रवार
» भारतलाई पानी निर्यात  -  २०६५ चैत्र १९, बुधवार
» मेरो देसको लोकतन्त्रः नेतामा निहित सार्वभौमसत्ता  -  २०६५ चैत्र ४, मंगलवार
» गान्धी, ज्ञानेन्द्र र दिल्ली षड्यन्त्र  -  २०६५ चैत्र ३, सोमवार
» विज्ञान शिक्षाका प्रवर्तक  -  २०६५ फाल्गुन ११, आइतवार
» भ्रष्टाचार, सरुवा र राजनीति  -  २०६५ कार्त्तिक ३०, शनिवार
Total : १२
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४३९८०