दुर्गानाथ शर्मा, आउँदो सेप्टेम्बर २७ तारिख २००९ अर्थात आश्विन ११ गते विश्व मुटु रोग दिवसका सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमका साथ सो दिवस मनाइँदै छ ।
विश्व मुटु महासंघ, विश्व स्वास्थ्य संगठन र विश्व आर्थिक मञ्चले संयुक्त रूपमा मनाउँदै गरेको यस वर्षो नारा ’वर्क वीथ हार्ट’ अर्थात् एउटा 'स्वस्थ मुटुका साथ काम' रहेको छ । एक जना विशेषज्ञले भन्नुभएको छ- हामी आफ्ना कामदारहरूलाई आफ्नो स्वास्थ्यका बारेमा ख्याल राख्न प्रोत्साहन दिन्छौं । किनभने यो उनीहरूकै हितमा छ । यसबाट हामीलाई पनि फाइदै छ । एउटा काम गर्ने थलो या कार्यालय भन्नाले कम बिरामीका घटना, उत्पादशीलता र सकारात्मक काम गर्ने वातावरण पनि हो ।
मुटुको रोग अहिले विश्वको सबैभन्दा ठूलो 'मुत्यु' को कारण भएको छ । अहिले बर्सेनि विश्वमा मुटु रोगबाट १ करोड ७२ लाख मानिसको मृत्यु हुने गरेको छ । यो 'मरण' को ८० प्रतिशत कम या मध्यम आय भएका देशहरूमा हुने गरेको तथ्यांक छ । शुरुमा अमेरिका, यूरोपजस्ता विकसित मुलुकमा देखिएको डरलाग्दो मुटुरोग अहिले कम विकसित र खास गरी दक्षिण एशियाली देशहरूमा र्सर्दै छ ।
भारतमा मात्र २५ लाख मानिस हृदयघातका कारण मर्ने गर्छन् । नेपालमा कति मानिस मुटु रोगबाट मर्छन् भन्ने यकीन तथ्यांक नभए पनि १० प्रतिशत मानिसको मृत्यु यसै रोगबाट हुने गरेको छ । १० वर्षघि काठमाडौंमा १०० जना मुटु रोगी देखिएका थिए भने अहिले त्यो संख्या हजारौं पुगेको कुरा शहीद गंगालाल हृदय रोग अस्पतालमा रोगीहरूको लामो लाइन हेर्दा अनुमान गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा मुटुरोग, विश्वको सबैभन्दा ठूलो प्राणघातक रोग हुने संकेत दिएको छ । स्वस्थ काम गर्ने थलो स्थापना गर्न कर्मचारीहरूका लागि स्वस्थ आहार, शारीरिक गतिविधि- व्यायाम, योग, ध्रुमपान निषेध आदि छन् । यस्तो भएमा हामी सस्तोमा धेरैको जीवन बचाउन या सुरक्षित राख्न सक्छौं । यसबाट कामदारहरूको उत्पादकत्वसमेत वृद्धि हुन्छ ।
हाम्रो आहार-विहार, जीवन शैली र चिल्लो, नुनिलो र चिनीको बढी सेवनले गर्दा मधुमेह, कोलेस्टोरल, रक्तचापजस्ता रोग लाग्छन् । यी तिनै रोगका कारण मुटु रोग लाग्न सक्छ । समयमै यसको उपचार नगर्दा कैयौं नेपालीले असमयमैं जीवन त्याग्नुपरेका थु्रपै घटना छन् । नेपालीहरूको ज्रि्रो स्वादिलो छ ।
हामी स्वादिला खाना खाने नाउँमा घिउ र तेलमा भुटेका मासुका परिकार, धेरै भात, कम सागसब्जीजस्ता खानेकुरा मन पराउँछौं । यी खानालाई पचाउन, हामी कुनै शारीरिक अभ्यास गर्दैनौं । ती खाद्य सामग्री नपचेपछि, शरीरमा बोसो जम्न थाल्छ र यही बोसोजन्य पदार्थ रगतमा जम्मा भएर हाम्रो रक्त सञ्चार प्रणालीलाई अवरुद्ध पार्छ, फलस्वरूप मुटुको रोग लाग्छ ।
शिक्षा, सूचना र चेतनाको अभावमा हाम्रा ग्रामीण क्षेत्रका बालबालिकामा सामान्य ज्वरो या घाँटीमा टनसिलजस्ता समस्याको समेत उपचार नहुँदा भविष्यमा उनीहरू वाथ मुटुरोग (र्युम्याटिक) बाट ग्रस्त हुन सक्छन् । ५/१० रुपियाँको औषधि समयमै खान नसक्दा पछि मुटुका 'भल्भ' फेर्न लाखौं रुपियाँ खर्च गर्नुपर्ने हुन्छ ।
विश्वका अन्य देशको तुलनामा हाम्रो देशका कार्यालयहरूमा त फोहोर सबैभन्दा ठूलो समस्या छ । कार्यालयमै चुरोट तान्न पाइने भएकाले चुरोट नखाने कर्मचारी पनि यसबाट प्रभावित हुन्छन् । नेपालीहरूमा अरुको स्वास्थ्यका बारेमा ख्याल गर्ने बानी छैन । अमेरिका, यूरोपजस्ता विकसित राष्ट्रमा सबैतिर र खास गरी सर्वाजनिक स्थलमा धु्रमपान निषेध गरिएको हुन्छ । अहिले जतिसुबै लामो दूरीका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरूमा समेत चुरोट खान पाइँदैन । यस्ता सामाजिक निषेधका कारण धेरैले चुरोट खान छाडेका उदाहरणहरू पनि छन् ।
नेपाल सरकारले यो विश्व मुटु रोग दिवसका अवसरमा सरकारी कार्यालयहरूमा र सर्वाजनिक स्थलहरूमा मात्र धु्रमपान निषेध गर्ने निर्णयगर्ने हो भने लाखौं नेपालीको स्वास्थ्य सुरक्षित गर्न सकिनेछ । किनभने कार्यालयमा मानिसले दिनको कमसेकम आठ घण्टा बिताउँछ । यो आठ घण्टा उसले चुरोट नखाने हो भने उसलाई चुरोट छाड्ने प्रोत्साहन प्राप्त हुन सक्छ । यसबाट कार्यालयहरूमा स्वच्छ र स्वस्थ वातावरण हुन सक्छ । यसबाट कार्यालयको उत्पादन क्षमतामा समेत वृद्धि हुन्छ ।
मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । हाम्रो कार्यालयहरूमा या त क्यान्टिन हुँदैनन् र भए पनि अस्वस्थ र अखाद्य खानेकुरा मात्र पाइन्छ । हरेक कार्यालयले आफ्नै क्यान्टिन व्यवस्था गरेर तिनमा स्वस्थ खानेकुरा मात्र राख्ने प्रबन्ध गर्ने हो भने पनि हाम्रा कर्मचारीहरूको स्वास्थ्यमा सुधार हुन सक्छ । स्रि्रेट निधेष, स्वस्थ खानेकुराको प्रबन्धसँगै आफ्ना कर्मचारीका लागि शारीरिक अभ्यास या खेलकुदको व्यवस्था गरेर कार्यालयको समयपछि एक घण्टा मात्र खेलकुदको व्यवस्था गर्न सके यसबाट पनि कर्मचारीहरूको स्वास्थ्य राम्रो राख्न मद्दत पुग्नेछ ।
आजैदेखि हामीले आफ्नो स्वास्थ्यलाई असर पार्ने कुराहरूलाई चटक्कै छाड्ने प्रयत्नमा लाग्ने प्रण गर्यौं भने विश्व मुटु रोग दिवसको र्सार्थकता हुनेछ । हामी सोचौं- हामी के खान्छौं र हामी कति शारीरिक रूपमा सक्रिय छौं ? हामी ध्रुमपान गछौं ? यस्ता कुराले हाम्रा कार्यालयहरूमा र हाम्रा सहयोगीहरूको स्वास्थ्यमा असर पर्न सक्छ ।
यही विचार गरेर हामीले यी सबै बानीलाई परित्याग गर्न सकेमा हाम्रो स्वास्थ्यमा धेरै सुधार हुनेछ र काम गर्ने ठाउँको वातावरण पनि स्वच्छ भएर हाम्रो कार्य-क्षमता र उत्पादकत्वमा वृद्धि हुनेछ । शारीरिक रूपमा सक्रिय व्यक्तिले आफ्नो काम राम्ररी सम्पन्न गर्न सक्छ । उसको मानसिक र शारीरिक अवस्था स्वस्थ हुन्छ जसबाट उसले गरेको कामको परिणाम पनि राम्रो हुन्छ । उसको आफ्ना सहयोगीहरूसितको सम्बन्ध पनि राम्रो हुन्छ ।
समूहमा काम गर्ने बानी, फुर्सदका बेला मनोरन्जन गर्ने, बाहिरका असल साथीहरूसित भेट गर्ने र सर्म्पर्क बढाउने तथा आफू स्वस्थ छु भन्ने भावना राख्ने व्यक्तिको दक्षता र क्षमतासमेत वृद्धि भई आफूमा आत्म विश्वास जाग्न सक्छ । यस्ता व्यक्तिको जीवन उसकै हातमा हुन्छ । एउटा स्वस्थ व्यक्तिले मात्र कार्यालयमा राम्रो काम गर्न सक्छ । यस्तो व्यक्ति संस्थाको संकटका बेलामा र सफलताका बेलामा समेत ठूलो सहयोगी हुन सक्छ ।
अचेल हाम्रै देशमा पनि खास गरी निजी क्षेत्रका उद्योग, व्यापार र बैंकहरूमा आफ्ना कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिन सुविधाहरू दिन थालिएको छ । यस्ता संस्थाहरूले आफ्ना एजेन्डामा यस्तो व्यवस्थाप्रति प्रतिबद्धता पनि प्रकट गर्न थालेका छन् । तर यस्तो सुविधा ठूला-ठूला व्यापारिक संस्था र बैंकहरूले मात्र दिन सक्छन् ।
तर स-साना संस्था अथवा आफैं काम गर्ने व्यक्तिहरूले पनि शारीरिक तन्दुरुस्तीका गतिविधिमा भाग लिएर, आफ्नै कार्यालयभित्रै पनि दिनको कमसेकम आधा घण्टा हिँडडुल गरेर, धूमपान आफूले पनि र अरुलाई पनि गर्न हुँदैन भन्ने सूचना दिएर स्वस्थ खाना खाएर र अरुलाई पनि त्यस्तै खाना खान प्रोत्साहित गरेर स्वस्थ रहन सक्छन् ।
अहिले हरेक संस्थामा, कारखानामा, उद्योगमा, व्यापारिक संस्थामा र सरकारी र निजी क्षेत्रका कार्यालयमा कर्मचारीका युनियन र संघहरू स्थापना भएका छन् । कतिपय संस्थामा त राजनीतिक दलैपिच्छेका युनियन र संघहरू छन् ।
यस्ता युनियन र संघहरूले अन्य राजनीतिक मागका अतिरिक्त आफ्नो कार्यालयमा स्वस्थ वातावरण सिर्जना गर्ने, स्वस्थ क्यान्टिनको प्रबन्ध गरी कर्मचारीहरूलाई स्वस्थ खानेकुराको प्रबन्ध मिलाई दिने, शारीरिक गतिविधि गर्ने, कार्यालयलाई धु्रमपान निषेधित क्षेत्र घोषणा गर्ने जस्ता नीति बनाउन व्यवस्थापनमा दबाब दिने काम गरेमा, आफ्ना सहयोगीको हितमा थुप्रै काम हुन सक्ने थियो ।
यसबाट सानो कामबाट पनि ठूलो काम हुन सक्छ । यस्तो सानो कामबाट पनि धेरैको आयु लम्ब्याउन सम्भव हुनेछ । दैनिक आफूले आठ घण्टा बिताउने ठाउँ स्वस्थ र मैत्रीपूर्ण हुन सके काम गर्ने जाँगर बढ्न सक्छ । यसबाट आफ्नो आर्थिक र सामाजिक जीवन पनि सफल हुन सक्छ ।
विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनहरूले मिलेर यो मुटु दिवस मनाउने पनि यिनै काम गर्नु र गराउनु हो । विश्वका सबै जनता स्वस्थ रहनु र धेरै मृत्यु हुने रोग मुटुको रोग कम होस् भन्ने नै यस दिवसको लक्ष्य हो । हामी सबैले यो लक्ष्य प्राप्तिमा सहयोग पुर्याउनु आफ्नो कर्तव्य हो । रोग लाग्नुभन्दा पहिले रोग नलाग्ने उपाय अवलम्बन गर्नु रोग लागेपछि उपचार गराउनुभन्दा धेरै श्रेयस्कर हुन्छ । -लेखक शर्मा हार्टक्लब नेपालका सदस्य हुनुहुन्छ ।)