English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
प्रमुख समाचार
 
'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'
२०६६ आश्विन ९, शुक्रवार @ 9:27 AM
:
+ A - A

कृष्ण तिवारी, सिड्नी, अष्ट्रेलियन माइग्रेसन तथा सेक्रेटरी लवरी फरगुसनले जनसंख्या र बसोवास मापदण्डको आधारमा नेपाली भाषालाई पनि अष्ट्रेलियन सामुदायिक भाषा सरह मान्यता दिन सकिने बताएका छन्। मानवअधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अष्ट्रेलिया (न्यूरेडिप) को दोस्रो अधिवेसनमा आयोजित कार्यक्रममा फरगुसन उक्त जानकारी दिएका हुन्। उनले नेपाली समुदायलाई प्रोपागण्डाको आधारमा नभई आफनो एकिन संख्या आधिकारिक रुपमा प्रकाशमा ल्याउन पनि सुझाउ दिए।


कार्यक्रमका प्रमुख अतिथि युवा नेता तथा सभासद् गगन थापाले राजनितिक दलहरु बीच सहकार्य र सहमति विना नेपालमा नया"संविधान बन्न नसक्ने औल्याउदैं नेपालमा एउटा पार्टीको जय र अर्काको पराजय कहिल्यै नहुने मार्ग आपनाए पनि राजनितिक दलहरुबीच एकता कायम हुन नसक्दा सबै युवाहरुमा वितृष्णा जागेको बताए। संविधान बन्न अब ९ महिनामात्र बाँकी छ, तपाई गैरआवासीय नागरिकहरुले पनि राजनीतिक दलहरुलाई झकझकाउने बेला यहि हो'- संविधान सभाको मैलिक अधिकार समितिका सदस्य समेत रहेका थापाले भने" संविधानमा ६५ वटा मौलिक अधिकार समेटिन लागेको बताउँदै गैर आवासीय नागरिकलाई दोहोरो नागरिकता दिने सम्बन्धमा तयारी भैसकेको तर त्यस्तो नागरिकले नेपालमा अरु नेपाली सरह अधिकार पाए पनि भोट दिन र चुनावमा उठ्न भने नपाउने सर्त रहेको खुलासा गरे।


राजनितिक दलका नेताहरु आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा पनि आफू भित्रको मूल्य मान्त्यता ठुलो कुरा रहेको बताउदै भने -संसारकै सस्तो श्रम दुवै, कतार मलेसिया तिर गइरहेको छ। त्यसको सदुपयोग गर्न हामी सकेका छैनौं।


निकै भावपूर्ण शैलीमा खरो भाषण गरेका थापाले शीर्ष नेताहरुलाई देशको चिन्ता भन्दा पनि आफनो चुनाव क्षेत्र गुम्छ कि भन्ने चिन्ता बढी भएको प्रसंग उल्लेख गर्दै भने- नयाँ संविधान बनेपछि मलाई राजनीतिबाट विदा लिनुपर्छ भनेर कसैले भन्छ भने म राजी छु। म मेरो बाख्रा पालन र कुरिलो खेतीतर्फ लाग्न सक्छु भन्दा सबै सिड्नीवासी नेपालीहरु आश्चार्य माने। उनले केही वर्ष अगाडि नुवाकोटको उजाड पाटोमा कुरिलो खेति र बाख्रा पालन सुरु गरेका खुलाषा गर्दै भने- म केही वर्ष पछि म मेरो व्यवसायबाट एउटा सफल उद्योगपति बन्नेमा म निश्चिन्त छु। देश विकासका लागि राजनीतिक नेताहरुमा केही त्याग हुनुपर्ने उनको ठम्याई थियो।
कार्यक्रममा अष्ट्रेलिया स्थित नेपाली राजदूत योगेन्द्र ढकालले एउटा मात्र भाषाको एकाधिर अन्त्य हुनुपर्ने बताउदैं आगामी वर्ष नेपाल र अष्ट्रेलिया बीच दौत्य सम्बन्ध गाँसेको ५०औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागेको बताए। भने-नेपाल सम्बन्धी पैरवी गर्ने उपयुक्त समय यही हो, यस अवसरका नेपाल र अष्ट्रेलिया अंकित झण्डाको हुलाक टिकट पनि ल्याउने तयारी हुँदैछ।


कार्यक्रममा के नेपाल असफल राष्ट्र हो त भन्ने विषयमा डा. होम मूर्ति पन्तले कार्यपत्र प्रस्तुत गरे। कार्यक्रममा मातृभाषा जन्मसिद्ध अधिकार विषयमा होम पाण्डेले कार्यपत्र प्रस्तुत गरे। कार्यपत्र माथि डा. कृष्ण हमालले टिप्पणी गरेका थिए। उक्त कार्यक्रममा एसियन गोभरमेन्सका सामूदायिक जनसम्पर्क अधिकृत मार्क ल्याकले नेपाली भाषा विकासमा आफ्नो सहयोग रहने बताए। सो कार्यक्रममा गोर्खा नेप्लीज कम्युनिटीका अध्यक्ष डा. नारायण प्रधान ,नेप्लीज अष्ट्रेलियन एसोसियनकी अध्यक्ष इन्द्रा वन,आदिवासी जनजातिका अध्यक्ष गणेश तामाङ, एनआरएन अष्ट्रेलियाका अध्यक्ष ध्रुव सुवेदी, लोकतान्त्रिक नेपाली मञ्चका अध्यक्ष हरि लामिछाने, नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमका अध्यक्ष डिल्ली ढकाल, जनप्रगतिशिल मञ्चका अध्यक्ष हिमलाल गैरे,समाजसेवी तथा न्यूरेडिपका सल्लाहकार भवानी ओली, एनएसडब्लुका जनरल काउन्सीलर दिपक खड्का, महिला अधिकारवादी इन्दु गौतम लगायतले मन्तव्य राखेका थिए।


"भाषा माथिको अधिकार जन्मसिद्ध मानव अधिकार" नाराका साथ सम्पन्न सो अधिवेसनले सर्वसम्मतबाट रमेश पाण्डेलाई अध्यक्षमा चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा चित्र लिम्बु, महासचिवमा होमनाथ पाण्डे, सचिवमा दिनेश पहाडी, कोषाध्यक्षमा शुधाम्सु शाह, सदस्यहरुमा चर्तुभुज खरेल, सन्तोष लामा, उत्तम निरौला, उषा नेपाल, अनिता अधिकारी आले, चयन भएका छन्। मञ्चका अध्यक्ष तथा सो कार्यक्रमका सभापति रमेश पाण्डेले उपस्थित सबै अतिथि तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए। (साभार नागरिक)

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो  -  २०६७ आषाढ २९, सोमवार
» मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा  -  २०६६ फाल्गुन २७, बुधवार
» जनता विरुद्ध बन्द–हडताल  -  २०६६ पौष ८, बुधवार
» माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे  -  २०६६ पौष ८, बुधवार
» रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति  -  २०६६ म‌सिर १३, शनिवार
» 'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'  -  २०६६ म‌सिर ११, विहीवार
» अपराध एउटा, कारबाही अर्कै  -  २०६६ कार्त्तिक ५, विहीवार
» शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल  -  २०६६ कार्त्तिक ५, विहीवार
» वीरको गेटमा तीन दिनदेखि बिरामी  -  २०६६ आश्विन ५, सोमवार
» कोरियामा नेपाली श्रमिकको धरपकड  -  २०६६ आश्विन ३, शनिवार
» हिन्दुहरुको महान चाढ बडादसै सुरु  -  २०६६ आश्विन ३, शनिवार
» नेपाल-कोरिया साहित्य आदानप्रदान  -  २०६६ भाद्र १८, विहीवार
» दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण  -  २०६६ भाद्र ९, मंगलवार
» प्रवासी नेपाली संघको दुई महिने अभियान  -  २०६६ भाद्र ९, मंगलवार
» डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा  -  २०६६ भाद्र ७, आइतवार
» पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न  -  २०६६ भाद्र ७, आइतवार
» पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार  -  २०६६ भाद्र ४, विहीवार
» कोरियामा आकर्षक नेपाली प्याभिलियन  -  २०६६ श्रावण ३१, शनिवार
» गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी  -  २०६६ श्रावण ३१, शनिवार
Total : १२७
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४००८