सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । विश्व आज एक्काइसौं शताब्दीमा चलिरहेको अवस्थामा पनि हिजोका सामान्तवादी र जमिन्दारी संस्कार र संस्कृति बोकेकाहरुबाट बेलाबखतमा उही परम्परागत रुढिवादी लादिरहेको आज पनि हाम्रो समाजमा हामी देख्न सक्छौं । जसले गर्दा हिजोका ति गरिब निमुखा र सर्वहारा वर्ग आज पनि तिनै सामान्तवादी संकारले फिजाएको जालोबाट उम्कन पाइरहेको देखिन्न । यो देश र समाज अरुको पनि हो सबैले स्थान पाउनु पर्छ भन्ने सोच्न नचाहाने आफै बाहेक अरुको बारेमा सोच्न नचाहाने र आफु बाहेक अरुको कुरा सुन्न नचाहानेहरुले गर्दा नै सर्वहारा वर्ग आज पनि कुवाको भ्याकुता झैं भइरहन बाध्य छ ।
जब व्यक्तिमा उदारताको भावनाको जागृत हुदेैन तब उही पुरानो संस्कार र संस्कृतिको मलजल गर्न बाहेक उसले अरु कुरा सोच्न सक्दैन । अनि सबै आफु र आफ्नालाई मात्र हुनु पर्छ सबै आफैले भनेको हुनु पर्छ आफुले मात्र लाभ पाउनु पर्छ र हिजो आफुले भोगिरहेका पद प्रतिष्ठा र सुविधा आज अर्काका लागि पनि छाडिदिनुपर्छ भन्ने चेतना उसमा आउँदैन । यिनै सनातन प्रवृत्तिले ओतप्रोत भएका जमातको चेतनालाई जबसम्म हामीले परिर्वन गर्न सक्दैनौं तबसम्म ति सर्वहारा वर्गले परिर्वतनको सार्थकता बोध गर्न पाउँदैनन् । यस्त जमातको चेतनाको परिवर्तन एक्काइसौं शताब्दीको परिवर्तनको अवलोकन गरिरहेका आजका सक्षम युवाले मात्र पुर्ण रुपले गर्न सक्दछ । यस्तो कार्य सफताको लागि एक व्यक्तिको सोच र प्रयासले मात्र संभव देखिन्न । जसको लागि एक संगठित जमातको आवश्यकता पर्दछ । जुन जमातमा जीवनका अनेक क्षेत्रमा प्रतिविम्वित हुँदै आएका परिवर्तन मुखी कारक तत्वहरुसंग सम्बन्धित घटनाहरुको समन्वित प्रभाव श्रृंखला नेै परिवर्तन हो भन्ने ज्ञान हुन जरुरी छ । यत्तिमात्र नभएर मध्य युगिन साँघुरो नेपाली समाजको सङ्कीर्ण सिमारेखा तथा परम्परागत धारणको विखन्डन विना परिवर्तन संभव हुँदैन भन्ने कुराको पनि उत्तिकै ज्ञान हुन जरुरी छ । यिनै ज्ञान भएका युवा जमातले नै हिजोका परम्परागत धारणाको विखण्डन गर्दै नेपाली समाजलाई पुनर्जागरणको युगमा प्रवेश गराउन सक्दछ र ति यथास्थितिका पुजारी र निहित स्वार्थका पुतलाहरुको खोपडीमा मानविय चेतनाको जालो फिजाउन सक्दछ । यिनै जमातको नाम हो संघ संस्था ।
आज विश्वका कुना कुनामा पुगेर विकशित राष्ट्रहरुको एक्काइसौं शताब्दीको परिवर्तित समाजलाई नजिकबाट चियाउन सफल नेपाली युवाहरु अफ्नो देशमा पनि परिवर्तित समाजको महशुश गरेर संगठित भैंरहरेका हामीले देख्न सक्छौ्र । यिनीहरुको एउटै लक्ष्य देशको गरिब निमुखा अपांग र पिछडिएको वर्गलाई सहयोग गर्दै अशिक्षा र अज्ञानताले जरो गाडेको नेपाली समाजमा शिक्षाको ज्योति फैलाउदै आमूल परिवर्तनको दिशामा समाजलाई पु-याउने रहेको छ । विधिको विडम्वना भनुं या समयको खेल एकातिर एक जमात परिवर्तित समाजको कल्पना गर्दै रात दिन रोवर्टको गति संगै काम गरेर समाजिक कार्यमा लागेको देखिन्छ भने अर्कोतिर एक जमात तिनै अथाका समाजसेवीहरुको कुरा काटेर खिल्लि उडाइरहेको देखिन्छ । हुन त चरित्रका अगाडिका विद्धत्ताको मुल्य थोरै हुन्छू तैपनि विकशित राष्ट्रको अवलोकन गरिरहेका जमातले आफुले देखे भोगेका कुरालाई किन प्रयोगमा ल्याउन चाहिरहेका छैनन् रु किन बिसर्िरहेका छन् ूप्रयोगमा ल्याइएको ज्ञानमात्र दिमागमा टिक्न सक्छू भन्ने उक्तिलाई रु मैले यसो भन्दा ती जमातले आफुलाई तिखो वाण हानेको अनुभव नगर्ला भन्न सकिन्न तर पनि ति जमातले ूयुत्तिसङ्गत दण्ड गुलियो हुन्छू भन्ने कुरालाई मनन गर्नु पर्दछ ।
अन्त्यमा आज देशमा भैरहेको हत्या आतांक र लुटपाट जनतामा अज्ञानताको कमीले गर्दा भएको हो भन्ने कुरा हामीले महशुश गर्नु पर्दछ । यत्तिमात्र नभएर ूसङ्कटको उत्पत्ति अज्ञानता र दुर्बलताबाट हुने गर्दछू भन्ने कुरालाई बिस्रनु हुन्न भन्ने मेरो मान्यता हो । त्यसैले अज्ञानता र दुर्बलताले जरो गाडेको हाम्रो जस्तो समाजमा ज्ञानको ज्योति फैलाउन संघ संस्थाको ठूलो भूमिका रहन्छ भन्ने कुरालाई मनन गरि बेकारमा खेर जाने समयलाई संघ संस्थाको कार्यमा लगानी गरि परिवर्तित समाजको बाटोमा एक ईंटा थप्न सम्पूर्ण युवाहरु लग्ने छन् भन्ने विश्वास लिएको छु ।