English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
राजनीति समाचार
 
मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण
माओवादीबाहेक दलको विरोध
२०६६ आश्विन ३, शनिवार @ 6:17 PM
:
+ A - A

काठमाडौ, संविधानसभा अन्तर्गतको प्राकृतिक स्रोत तथा आर्थिक अधिकारसम्बन्धी समितिले हदबन्दीभन्दा बढी जग्गा सरकारले बिना मुआब्जा अधिकरण गर्न पाउने निर्णय गरेको छ।
सरकारसँग प्रयाप्त बजेट नहुने हुँदा हदबन्दी भन्दा बढी जग्गा अधिकरण गर्दा मुआब्जा नदिने निर्णय समितिले गरे पनि त्यसमा माओवादीबाहेकका दलले असहमित व्यक्त गरेका छन्।

माओवादी बाहेकका दलहरुले भने सभापतिले जवरजस्ती निर्णय गराएको भन्दै प्रक्रियाप्रति पनि असहमति व्यक्त गरे। निर्णय प्रक्रियाप्रति असहमती राख्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद्ले बैठक बहिष्कार गरे।


नेपाली कां‌ग्रेस, नेकपा एमाले तथा मधेसवादी दलका सभासद्हरुले सहमतिको लागि थप समय माग गरेपनि समितिकी सभापति अमृता थापाले ध्वनीमतबाट उक्त प्रस्ताव पारित भएको बताइन्। अन्य दलहरुले जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने मत राखेका छन् ।


समितिको ४३ सदस्य मध्ये शुक्रबारको बैठकमा ३१ जना सभासद् उपस्थित थिए। माओवादी बाहेकका दलका सभासद्ले कम्तीमा थप एक दिन सहमतिको लागि समय लिन माग गरेपनि सभापति थापाले त्यसलाई मानिनन्।


कांग्रेसले अन्य चल सम्पत्तिसरह भूमिलाई पनि 'सम्पत्तिको अधिकार' मा व्यवस्था गर्नुपर्ने अडान राखेका थिए। कांग्रेस सभासद् रामशरण महतले भने, 'जमिनको अधिकार व्यक्तिगत सम्पत्तिको अधिकार हो, त्यसैले त्यो राज्यले अधिग्रहण गर्दा क्षतिपूर्ति दिनैपर्छ।'

भूमिसुधार संविधानमा लेखिने विषय नभए पनि सहमतिका लागि कांग्रेसले स्वीकारेको बताउँदै महतले भने, 'भूमिसुधार संविधानमै नलेखी कानून बनाएर गरिने विषय हो, यो मौलिकहकमा लेखिन्न।'

माओवादीलगायत भूमिसुधारको वकालत गर्ने वामपन्थीहरूले भने जमिन्दारको जग्गा राज्यले किनेर भूमिसुधार नहुने, राज्यले तोकेको हदबन्दीभन्दा बढी जग्गा राज्यले कब्जा गरेर भूमिहीनहरूलाई वितरण गर्नुपर्ने धारणा राख्छन्। जिमीदारप्रति नरम दृष्टिकोण राखेकै कारण भूमिसुधार हुन नसकेको माओवादी मत छ।

समितिको सोमबारको बैठकमा तिलक रावल, मनोनित सभासद् राजेन्द्र खेतान, विनोद चौधरी, दिवाकर गोल्छा श्रवणकुमार अग्रवाललगायत १२ जना अनुपस्थित थिए। तराइ-मधेश लोकतान्त्रिक पार्टीका जीतेन्द्रप्रसाद सोनारले भने, 'मधेशका चार दलले भूमिसुधारको नाममा मधेशको भूमि अतिक्रमण स्वीकार्य नहुने संयुक्त रूपमै भनिसकेका छन्।' भूमिसुधार वा कुनै पनि बहानामा क्षतिपूर्ति नदिई अधिग्रहण स्वीकार्य नहुने सोनारले बताए।

समितिमा ध्वनी मतका आधारमा बहुमतले गरेको निर्णयप्रति अरु दलले आपत्ति जनाएका छन्। माओवादीले भने लोकतान्त्रिक विधिअनुरुप निर्णय गरेको जनाएको छ। बहुमतको निर्णय सहमतिको लागि आफूले गरेको प्रयासमाथि 'पानी खन्याएको' आरोप लगाउँदै एमाले सभासद् विजयकुमार पौडेलले भने, 'सभापतिले तानाशाही काम गर्नुभएको छ।' सहमतिकै लागि पटक-पटक सारिए पनि निर्णय हुन नसकेको सभापति अमृता थापा मगरले बताएकी थिइन्।

निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आरोप लगाए, 'आज अपर्झट साथीहरू नभएको मौका पारी निर्णयमा पुग्यौं, नेपाली कांग्रेसका तर्फबाट दुःख व्यक्त गर्दछु।' समितिको बैठकमा सद्भावनाका रामनरेश रायले मधेशले नमान्ने बताएपछि माओवादीका इसलाम मिया धोबीले कडा प्रतिवाद गरेका थिए। 'मधेशको ठेकेदार तपाईंमात्र हैन, हामी पनि मधेशवादी हौं', धोबीले भने, 'मधेशका गरीब वर्गको आवाज मधेशवादी भन्नेहरूले बोल्दैनन्।' उनले मधेशमा आएर यसबारे सामना गर्न चुनौती दिएका थिए।

कांग्रेसका रामशरण महतले पटक-पटक बैठक बहिस्कार गर्ने बताए पनि अन्तिमसम्म बसेर निर्णयमा सामेल भएका थिए।
४३ सदस्यीय समितिमा माओवादीमात्र क्रान्तिकारी भूमिसुधारको पक्षमा छ। भूमिसुधारबारे पारित प्रस्ताव सहमतिको प्रयासमा आफूले तयार गरेको एमालेका विजय पौडेलले बताएका थिए। असहमत हुनेहरूका लागि फरकमत पेश गर्न दुई दिनको समय दिइएको छ। १६ जनामात्र प्रस्तावको पक्षमा भएकाले प्रतिवेदनको फरकमतमा बहुमत सदस्य रहने कांग्रेसका घिमिरेको दाबी छ। एमाले र कांग्रेसका ८-८ जना सदस्य छन्। आफैंले तयार गरेको प्रस्तावको विपक्षमा हस्ताक्षर गर्न भने एमाले सभासद्हरूलाई धर्मसंकट पर्ने माओवादीको अनुमान छ।

'आर्थिक स्वतन्त्रता' को साटो 'मिश्रित अर्थ प्रणाली' र 'बहुलवादी लोकतान्त्रिक समाजवाद' को साटो 'बहुदलीय प्रतिस्पर्धा' राखेर सहमतिमा पुग्न सहमत भएका हुन्। स्रोतमाथि 'आदिबासी जनजातिको अग्राधिकार' राख्नुपर्ने अडानमा रहेको माओवादी 'स्थानीय जनताको पहिलो प्राथमिकता' राखेमा मान्न सहमत देखिएको छ।


शनिबार अपरान्ह चार बजेसम्मका लागि असमतहरुलाई फरकमत राख्ने समय भने दिइएको छ। (नागरिकबाट)

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» प्रचण्डले प्रयोग गरेको पलङ माधवले प्रयोग नगर्ने  -  २०६६ ज्येष्ड १४, विहीवार
» तरुणदलले आफ्नै दलभित्रका भ्रष्टलाई पनि नछोड्ने  -  २०६६ वैशाख २२, मंगलवार
» काङ्ग्रेस र एमालेलाई गाउँ छोड्न माओवादी चेतावनी  -  २०६६ वैशाख २२, मंगलवार
» तीनवटा माग पूरा गरे सदन चल्न दिने : काङ्ग्रेस  -  २०६५ पौष १३, आइतवार
» अनुशासित ढंगले चल्न वाईसीएललाई प्रचण्डको निर्देशन  -  २०६५ पौष ७, सोमवार
» सेना समायोजन गर्नुहुदैन : भट्टराइ  -  २०६५ पौष ५, शनिवार
» शिक्षकहरूद्वारा देशभर पेनडाउन  -  २०६५ पौष ४, शुक्रवार
» राजधानी बाहिर विषेश सुरक्षा : गृहमन्त्री  -  २०६५ म‌सिर २७, शुक्रवार
» कोइराला अस्पतालबाट डिस्चार्ज  -  २०६५ म‌सिर २५, बुधवार
» चीनले हतियार बाहेक सबै सहयोग गर्ने  -  २०६५ म‌सिर २२, आइतवार
» नहर मर्मतकार्यमा लाखौँको अनियमितता  -  २०६५ म‌सिर १२, विहीवार
» 'जनसेनाको समायोजन सबै सुरक्षा अङ्गमा'  -  २०६५ म‌सिर ९, सोमवार
» अज्ञात समूहद्वारा मालवाहक ट्रकमा आगजनी  -  २०६५ म‌सिर ८, आइतवार
» माओवादी बैठकमा किरणको फरक प्रस्ताव पेस  -  २०६५ म‌सिर ३, मंगलवार
» भूमिहीनहरूको धर्ना कार्यक्रम आजदेखि  -  २०६५ म‌सिर २, सोमवार
» माओवादी सभासद् सुनगाभा तस्करीमा  -  २०६५ कार्त्तिक ३०, शनिवार
» सेना समायोजन शान्ति सम्झौताविपरीत हुँदैन : भट्टराइ  -  २०६५ कार्त्तिक २७, बुधवार
» कमिटिमा भारतीय नागरिक र वामदेव गौतम रहेसम्म वार्ता हुनसक्दैन-यादव  -  २०६५ कार्त्तिक २६, मंगलवार
» बैठकमा काङ्ग्रेसका मागका बारेमा प्रधानमन्त्रीले धारणा राख्ने  -  २०६५ कार्त्तिक २५, सोमवार
Total : २४
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४०१०