English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २६, शुक्रवार
आम जीवन समाचार
 
गुमेको एउटा अवसर
२०६६ भाद्र ३१, बुधवार @ 7:33 AM
माधवी भट्ट :
+ A - A

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ ।

समय टपक्कै समाउन नसक्ने कोहीपनि पत्रकारितामा टिकिरहन सक्दैन । ताजा घटनाऽ पात्र र परिवेसप्रति एउटा पत्रकार सदैव उत्सुक रहन्छ । समाचार लेख्न सक्रिय रहन्छ । जुन दिन उत्सुकता मर्दछऽ पत्रकारको किवोर्ड पनि विग्रन्छ । तर कहिलेकाँही यस्तो हुन्छ सामान्य हेलचक्राइ वा लापर्वाहीका कारण केही इच्छाहरु अपुरै रहन्छन । समाचारहरु शब्द नबनीकनै मर्दछन । जस्तो दक्षिण कोरियाली पूर्व राष्ट्रपति किम दायजुङलाइ भेट्ने मेरो चाँहना । पटक पटक योजना मिलाएर पनि मैले पुरागर्न सकिन । जसको पश्चाताप बाँकी नै छ ।

रात मध्यरात केही नभनी कोरियाली वा नेपाली समुदायका प्रमुख घटनाहरुलाइ निकै नजिकवाट नियालेको छु । उत्तर कोरिया र दक्षिण कोरिया वीचका बोडरलाइनसम्मको कठीन यात्रा होस वा रातभर जागा रहनुपर्ने पूर्व राष्ट्रपति रो मूह्योनको गृहनगरको भावुक यात्रा । यी सवै सहजै भएका होइनन । नेपाली श्रमिकहरुको ट्रेनिङस्थलको व्यक्तिगत यात्रा त झन साच्चैनै कठीन थियो । कुनैवेला अचानक विश्वमा बैज्ञानिक नायक बनेका ह्वाङ उसुकको डग क्लोन हाउस वा यहाँका नम्वरवान नायक चोय मिनसिकसँग मैले सजिलै गरेको भेट मेरा कोरियाली साथीहरुका लागि पनि आश्चार्यजनक थियो । यी भेटहरु समयको उचित व्यवस्थापनऽ परिश्रमऽ चाँहना र संयोगका प्रतिफल थिए। नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस लगायत विज्ञान विषयका केही नोबेल लरेटहरुसँग प्रत्यक्ष भेट्न पाँउनु मेरालागि विशेष थियो । अमेरिकी विदेसमन्त्री हिलारी क्लिन्टनसँग आम्नेसाम्ने भएर प्रश्न सोध्न पाउनु र यहाँका राष्ट्रपति निवासदेखि लिएर अन्य विविध ठाँउहरु घुम्न समयकै हात छ ।

तर यीसवै भेटका बाबजुद पनि मैले नभेटेका पूर्वराष्ट्रपति तथा प्रजातान्त्रिक योद्धा किम दायजुङको सम्झना बढी ताजा छ । उनीसँग मैले भेट्न नखोजेको पनि होइन । भेट्ने बातावरण नमिलेको पनि थिएन । तर केही ढिलो गर्नु वा समयको ख्याल नगर्नु नै मेरो गल्ती थियो । हुनत उनलाइ भेट्नुपूर्व उनका जीवनसँग सम्बन्धित केही पुस्तक पढ्ने र केहीस्थान घुम्ने चाँहना तथा अन्य व्यक्तिगत प्राथमिकताले मैले समय निकाल्न नसकेको थिए । म इह्वा महिला विश्वविद्यालयमा भर्ना भएलगत्तै सन २००६ मार्चको एउटा साँझ कोरियाको हायात रिजेन्सी होटलमा हालै दिबङ्गत पूर्वराष्ट्रपतिकी श्रीमतीसँग भेट भएको थियो । मेरो डिनर टेबुलमा अन्य राजनीतिक तथा धार्मिक नेताहरु थिए । सँगै रहेकी अर्की एक नेपाली छात्राको सिटमा थिइन ती नेतापत्नी । मैले नेपाली नागरिक भन्नासाथ मेरो टेबुलमा परेका तत्कालीन एक सांसदले किम दायजुङकी श्रीमती नेपाल गइसकेकी र नेपालप्रति विशेष चाँसो राख्छिन भने । डिनरपछि मैले तिनलाइ अभिवादन गरे र आफु समयमिलेमा प्रजातान्त्रिक योद्धा किमलाइ भेट्न इच्छुक रहेको बताए । तीनले नेमकार्ड थमाइन र फोन गर्न आग्रह गरिन ।

विश्वविद्यालयको प्रारम्भिक दिनऽ त्यसमा पनि छोरो १० महिनाको मात्र थियो । मैले समय मिलाउन सक्दै सकिन । आफु जानै नसक्ने भएपछि ती सम्मानित व्यक्तित्वलाइ फोन गर्ने कुरा पनि भएन । तर कोरियाली राजनीति र समाचारमा किम विषय र मुद्धा बनिरहन्थे । म पनि कुनै दिन भेटुला भन्ने सम्झिरहन्छे । पछि संयोगबस बैकल्पिक पत्रकारितामा सक्रिय एक कोरियाली महिलासँग मित्रता भयो । मैले राजनीतिक सामाजिक र श्रमिक विषयहरुमा कुरा गरे । त्यहीवेलच मैले किमसँग भेट्न इच्छुक रहेको पनि बताए । सन २००८ को अप्रिलमा तिनले किमको घरमा फोन गरेर समय मिलाएको बताइन अप्रिलमा हुने सेमेष्टरको पढाइ र परिक्षाको चापाचापमा मैले अलिपछि भेटुला भने । उता त्यसैवेला किम दायजुङ एक पुरस्कार ग्रहण गर्न अमेरिका जाँदै थिए । त्यसैले तत्काल पुनः समय मिलाउने अबस्था रहेन ।

 

यसको एक महिनापछि मेमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म जेजु आइल्याण्ड पुगे । सेमिनारपछि साँझ समुद्रतटको एक रेष्टुरामा डिनरका वेला मेरो देस नेपाल भनेपछि नेपाल पुगेका कोरियनहरुले गाँउन थाले रेसम फिरिरि गीत । त्यही समुहभित्र एकजना रहेछनऽ किम दायजङ निकट अर्थात किम दायजङ सेन्टरका प्रबन्धक । कुरै कुराको सन्दर्भमा तिनले मलाइ किम दायजुङसाग भेट्न र सेन्टर घुम्ने निम्तो दिए । हुन्छ भनियो । सौल फर्कदा फेरी उही परिवारको जिम्मेवारी र सेमेष्टर पढाइको चापाचाप । मैले सम्झेर पनि तिनलाइ भेट्न सकिन । किनकी किमदायजुङलाइ भेट्नुअघि तिनकावारे नपढी जानु व्यर्थ नै थियो ।

गत जुलाइमा किम विरामी परे । मेरो क्याम्पस र क्वाटरवाट १०० मिटर दुरीमा रहेको सेभरेन्स अस्पतालमा तिनी भर्ना गरिए । कोरियाली वर्तमान राष्ट्रपति समेत ढोका वाहिरवाटै हेरेर फर्किरहेका थिएऽ सायद विरामीलाइ इन्फेक्सन हुन्छ भनेर । किम दायजुङलाइ हेर्ने मात्र हैन उनीसँग कुरा गर्ने चाँहना भएकाले म त्यहाँ जानुको कुनै अर्थ थिएन । तीनको शबयात्रामा सहभागी हुन मलाइ पटक्कै मन लागेन । किनकी जसको जीवनयात्रावाट म अति नै प्रभावित थिए । जसलाइ भेट्ने र कुरा गर्ने चाँहना थियो र संभावनाको नजीक थिए । तैपनि पुरा गर्न सकिन । उसको शबयात्रामा सहागी हुनुको के अर्थ र ? (नागरिक दैनिक)

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» 'यो देश उपनिवेश रहेछ' डा. विष्णु दाहाल  -  २०६५ माघ १, बुधवार
Total : २
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४५०३