समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ ।
समय टपक्कै समाउन नसक्ने कोहीपनि पत्रकारितामा टिकिरहन सक्दैन । ताजा घटनाऽ पात्र र परिवेसप्रति एउटा पत्रकार सदैव उत्सुक रहन्छ । समाचार लेख्न सक्रिय रहन्छ । जुन दिन उत्सुकता मर्दछऽ पत्रकारको किवोर्ड पनि विग्रन्छ । तर कहिलेकाँही यस्तो हुन्छ सामान्य हेलचक्राइ वा लापर्वाहीका कारण केही इच्छाहरु अपुरै रहन्छन । समाचारहरु शब्द नबनीकनै मर्दछन । जस्तो दक्षिण कोरियाली पूर्व राष्ट्रपति किम दायजुङलाइ भेट्ने मेरो चाँहना । पटक पटक योजना मिलाएर पनि मैले पुरागर्न सकिन । जसको पश्चाताप बाँकी नै छ ।
रात मध्यरात केही नभनी कोरियाली वा नेपाली समुदायका प्रमुख घटनाहरुलाइ निकै नजिकवाट नियालेको छु । उत्तर कोरिया र दक्षिण कोरिया वीचका बोडरलाइनसम्मको कठीन यात्रा होस वा रातभर जागा रहनुपर्ने पूर्व राष्ट्रपति रो मूह्योनको गृहनगरको भावुक यात्रा । यी सवै सहजै भएका होइनन । नेपाली श्रमिकहरुको ट्रेनिङस्थलको व्यक्तिगत यात्रा त झन साच्चैनै कठीन थियो । कुनैवेला अचानक विश्वमा बैज्ञानिक नायक बनेका ह्वाङ उसुकको डग क्लोन हाउस वा यहाँका नम्वरवान नायक चोय मिनसिकसँग मैले सजिलै गरेको भेट मेरा कोरियाली साथीहरुका लागि पनि आश्चार्यजनक थियो । यी भेटहरु समयको उचित व्यवस्थापनऽ परिश्रमऽ चाँहना र संयोगका प्रतिफल थिए। नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस लगायत विज्ञान विषयका केही नोबेल लरेटहरुसँग प्रत्यक्ष भेट्न पाँउनु मेरालागि विशेष थियो । अमेरिकी विदेसमन्त्री हिलारी क्लिन्टनसँग आम्नेसाम्ने भएर प्रश्न सोध्न पाउनु र यहाँका राष्ट्रपति निवासदेखि लिएर अन्य विविध ठाँउहरु घुम्न समयकै हात छ ।
तर यीसवै भेटका बाबजुद पनि मैले नभेटेका पूर्वराष्ट्रपति तथा प्रजातान्त्रिक योद्धा किम दायजुङको सम्झना बढी ताजा छ । उनीसँग मैले भेट्न नखोजेको पनि होइन । भेट्ने बातावरण नमिलेको पनि थिएन । तर केही ढिलो गर्नु वा समयको ख्याल नगर्नु नै मेरो गल्ती थियो । हुनत उनलाइ भेट्नुपूर्व उनका जीवनसँग सम्बन्धित केही पुस्तक पढ्ने र केहीस्थान घुम्ने चाँहना तथा अन्य व्यक्तिगत प्राथमिकताले मैले समय निकाल्न नसकेको थिए । म इह्वा महिला विश्वविद्यालयमा भर्ना भएलगत्तै सन २००६ मार्चको एउटा साँझ कोरियाको हायात रिजेन्सी होटलमा हालै दिबङ्गत पूर्वराष्ट्रपतिकी श्रीमतीसँग भेट भएको थियो । मेरो डिनर टेबुलमा अन्य राजनीतिक तथा धार्मिक नेताहरु थिए । सँगै रहेकी अर्की एक नेपाली छात्राको सिटमा थिइन ती नेतापत्नी । मैले नेपाली नागरिक भन्नासाथ मेरो टेबुलमा परेका तत्कालीन एक सांसदले किम दायजुङकी श्रीमती नेपाल गइसकेकी र नेपालप्रति विशेष चाँसो राख्छिन भने । डिनरपछि मैले तिनलाइ अभिवादन गरे र आफु समयमिलेमा प्रजातान्त्रिक योद्धा किमलाइ भेट्न इच्छुक रहेको बताए । तीनले नेमकार्ड थमाइन र फोन गर्न आग्रह गरिन ।
विश्वविद्यालयको प्रारम्भिक दिनऽ त्यसमा पनि छोरो १० महिनाको मात्र थियो । मैले समय मिलाउन सक्दै सकिन । आफु जानै नसक्ने भएपछि ती सम्मानित व्यक्तित्वलाइ फोन गर्ने कुरा पनि भएन । तर कोरियाली राजनीति र समाचारमा किम विषय र मुद्धा बनिरहन्थे । म पनि कुनै दिन भेटुला भन्ने सम्झिरहन्छे । पछि संयोगबस बैकल्पिक पत्रकारितामा सक्रिय एक कोरियाली महिलासँग मित्रता भयो । मैले राजनीतिक सामाजिक र श्रमिक विषयहरुमा कुरा गरे । त्यहीवेलच मैले किमसँग भेट्न इच्छुक रहेको पनि बताए । सन २००८ को अप्रिलमा तिनले किमको घरमा फोन गरेर समय मिलाएको बताइन अप्रिलमा हुने सेमेष्टरको पढाइ र परिक्षाको चापाचापमा मैले अलिपछि भेटुला भने । उता त्यसैवेला किम दायजुङ एक पुरस्कार ग्रहण गर्न अमेरिका जाँदै थिए । त्यसैले तत्काल पुनः समय मिलाउने अबस्था रहेन ।
यसको एक महिनापछि मेमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म जेजु आइल्याण्ड पुगे । सेमिनारपछि साँझ समुद्रतटको एक रेष्टुरामा डिनरका वेला मेरो देस नेपाल भनेपछि नेपाल पुगेका कोरियनहरुले गाँउन थाले रेसम फिरिरि गीत । त्यही समुहभित्र एकजना रहेछनऽ किम दायजङ निकट अर्थात किम दायजङ सेन्टरका प्रबन्धक । कुरै कुराको सन्दर्भमा तिनले मलाइ किम दायजुङसाग भेट्न र सेन्टर घुम्ने निम्तो दिए । हुन्छ भनियो । सौल फर्कदा फेरी उही परिवारको जिम्मेवारी र सेमेष्टर पढाइको चापाचाप । मैले सम्झेर पनि तिनलाइ भेट्न सकिन । किनकी किमदायजुङलाइ भेट्नुअघि तिनकावारे नपढी जानु व्यर्थ नै थियो ।
गत जुलाइमा किम विरामी परे । मेरो क्याम्पस र क्वाटरवाट १०० मिटर दुरीमा रहेको सेभरेन्स अस्पतालमा तिनी भर्ना गरिए । कोरियाली वर्तमान राष्ट्रपति समेत ढोका वाहिरवाटै हेरेर फर्किरहेका थिएऽ सायद विरामीलाइ इन्फेक्सन हुन्छ भनेर । किम दायजुङलाइ हेर्ने मात्र हैन उनीसँग कुरा गर्ने चाँहना भएकाले म त्यहाँ जानुको कुनै अर्थ थिएन । तीनको शबयात्रामा सहभागी हुन मलाइ पटक्कै मन लागेन । किनकी जसको जीवनयात्रावाट म अति नै प्रभावित थिए । जसलाइ भेट्ने र कुरा गर्ने चाँहना थियो र संभावनाको नजीक थिए । तैपनि पुरा गर्न सकिन । उसको शबयात्रामा सहागी हुनुको के अर्थ र ? (नागरिक दैनिक)