English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
दृष्टिकोण
 
तिज र समाज रुपान्तरण
२०६६ भाद्र ८, सोमवार @ 3:33 PM
बन्दना ढकाल :
+ A - A

रन्कोमा छ गाउँ-सहर । हिन्दुधर्मावलम्बी महिलाको पर्व मानिन्छ तिज । के यो साँच्चै महिलाकै पर्व हो त ? यसको अन्तर्यमा महिला-मुक्तिको सन्देश छ त ?



पितृसत्तात्मक सामन्ती समाजमा अधिकारबाट वञ्चित छन् महिला । उनीहरूले परिवार र परिवारको खुसीमा सम्पूर्ण जीवन गुमनाम बिताइरहेका हुन्छन् । तिज तिनकै चाड भनिए पनि यो पर्व पुरुषकै लागि मनाइन्छ । श्रीमान्को दीघार्युका लागि निराहार व्रत बस्न अघिल्लो मध्यरातसम्म महिलाहरू मीठा परिकार खान्छन् । व्रत बस्दा दिन काट्न कोही सासू, नन्द र आमाजुका दुव्र्यवहारबारे गीत गाउँछन् । कतिपय दिदी-बहिनी श्रीमान्प्रति प्रेम दर्शाउन व्रत बसेको दाबी गर्छन् । कति अबोध छन् उनीहरू ! पुरुषले श्रीमतीप्रति प्रेम दर्शाउने कुनै पर्वको व्यवस्था छैन भन्ने कुरा उनीहरूलाई थाहै छैन । आखिर यी सबै धार्मिक कलेवरमा महिलालाई मनोवैज्ञानिक र शारीरिक शोषण गर्ने आधार मात्रै हुन् । तिजमा यस्तै धार्मिक परम्परालाई आधार बनाएर महिलालाई मानसिक शोषण


गरिन्छ र अधिकारप्राप्तिका लागि सोच्ने दिमागलाई कुण्ठित पारिन्छ ।


तिजको दिनलाई आपmनै ठानेर नाचगानमा श्रीमान्कै दोहोलो काढे पनि भोलिपल्ट फेरि महिलाहरू उनीहरूकै पाउमा पर्नुपर्ने स्थिति छ । दिनरात घरधन्दामा जोतिने महिलाको श्रमको कुनै मूल्य छैन । सम्पूर्ण घरायसी जिम्मेवारी बोकेर पनि परिवारलाई कसरी खुसी पार्ने भन्ने ध्याउन्नमा हुन्छन् उनीहरू । तर, घरको आर्थिक उपार्जनको स्रोत र परिवारको शक्तिकेन्द्र भने श्रीमान् नै हुन्छन् । घरधन्दामा बढुवा, तलब-भत्ता, निवृत्तिभरणजस्ता कुनै पनि सुविधा किन नभएका भनेर उनीहरू प्रश्न गर्दैनन् । तर, कार्यालयमा त्योभन्दा कम समय र कम काम गर्ने पुरुषले यी सबै सुविधा पाउँछन् । घरधन्दा त कस्तो बाध्यात्मक छ भने महिलाको जीवन नै समाप्त नहुन्जेल गोरुभन्दा बेसी जोतिइरहनुपर्छ । यसमा न छुट्टीको व्यवस्था छ, न तलब र अन्य सुविधाको । यो त समाजको आँखामा कहिल्यै नपर्ने गुमनाम श्रम हो, जसको मूल्यको खोजी गर्नु महिलाको प्रथम दायित्व हो ।


तिजको अन्तिम दिन ऋषिपञ्चमीमा ऋषिको पूजा गरिन्छ । वर्षभरिमा महिनावारी भएका वेला 'अपवित्र' काम भएका भए, नछुनुपर्ने भनिएका चिज वा ठाउँ छोइएका भए त्यस्तो पाप पखाल्न पूजा गर्ने धार्मिक मान्यता छ । महिनावारी हुनु महिलाहरू बच्चा जन्माउन सक्षम हुनु हो । तर, हिन्दुधर्मशास्त्रले त्यसलाई पाप ठान्छ । र, यसैकारण महिला पापी हुन् भन्ने बोध गराउन पूजा गर्न लगाइन्छ । के सृष्टि गर्न क्षमतावान् हुनु पापी हुनु हो ?


महिलाका लागि तिज परम्परागत संस्कारको एक रुढि मात्र हो । कतिपय प्रगतिशील बुज्रुक र संघ-संगठन तिज पर्व भनेको महिला स्वतन्त्रताको चाड भनी भ्रामक प्रचार गर्छन् । तर, धार्मिक कलेवरमा तिजले महिलालाई बन्धनमा राखेको यथार्थ कतैबाट पनि लुकेको छैन । सबैसँग भेटघाट भएर मीठो-मसीनो खाँदैमा, तिजेभाकामा मुक्तिको लोकगीत गाउँदैमा यस पर्वमा अन्तर्निहित रुढिको अन्त्य भएको मान्न सकिँदैन । जुन धर्मको निर्वाह नगरे श्रीमान्को प्यारो नभइने वा उसको आयुको ख्याल नगर्ने अधर्मी श्रीमतीका रूपमा महिला चित्रित हुन्छे, त्यस धर्मले घुमाइफिराई महिलालाई दासताभित्रै जकडिइरहन बल पुर्‍याउने नै हो ।


अहिले सहरमा एकातिर सामूहिक दर खुवाउने प्रतिस्पर्धा चलेको छ । यसले सम्पन्नता प्रदर्शन गर्ने प्रचलनलाई बढावा दिएको छ । सम्पन्न महिलाहरूले गरगहना र धनसम्पत्तिको माध्यमबाट आडम्बर प्रदर्शन गर्ने मौकाका रूपमा पनि तिजलाई लिन थालेका छन् । यसले समाजमा विकृतिको भण्डारलाई बढाएको छ । अर्काेतिर, तिजमा सचेत र परिवर्तनमुखी महिला र संगठनहरूले जागरण र विद्रोहका स्वर उराल्ने गरेका छन् । समाज रूपान्तरणका लागि तिजको उपयोग गर्न त सकिन्छ र यस्ता अवसर चुक्नु पनि हुन्न नै । तर, श्रमिक दिवस र नारी दिवसजस्ता नारी मुक्तिसूग जोडिएका वैज्ञानिक पर्वलाई कम महत्त्व दिने र तिजजस्ता धार्मिक पर्वको बढाइचढाइ गर्ने प्रवृत्ति आफूलाई परिवर्तनकामी भन्ने संगठनका लागि आत्मघाती हुनेछ । तिजलाई रूपान्तरण गर्ने नाममा यसका धार्मिक मान्यतालाई अनुसरण गर्दै जाने हो भने परिवर्तनका संवाहक संगठन आफैँ तिजअनुकूल फेरिने खतरा छ ।

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
Comments
akkal lama    |  2009-09-09 18:26:33
 good .aajako yekkaisau satabdima pani parampara rudhibadilai badhab diyera samaya khera falneharulai tapaiko article le aakha kholi dinechha vanne biawash linchhu.thanks. 
अरु हेडलाईन
» भिसाविहीन नेपाली कामदार  -  २०६६ कार्त्तिक ५, विहीवार
» इपिएसमा वैधानिक अपराध  -  २०६६ आश्विन ५, सोमवार
» खतरनाक खेल  -  २०६६ श्रावण २७, मंगलवार
» एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल  -  २०६६ श्रावण २१, बुधवार
» नागरिक सर्वोच्चता: देखाउने दाँत  -  २०६६ ज्येष्ड ४, सोमवार
» लोकतन्त्रको नकाबभित्र सत्ताकब्जाको रणनीति  -  २०६६ वैशाख २५, शुक्रवार
» भारतलाई पानी निर्यात  -  २०६५ चैत्र १९, बुधवार
» मेरो देसको लोकतन्त्रः नेतामा निहित सार्वभौमसत्ता  -  २०६५ चैत्र ४, मंगलवार
» गान्धी, ज्ञानेन्द्र र दिल्ली षड्यन्त्र  -  २०६५ चैत्र ३, सोमवार
» विज्ञान शिक्षाका प्रवर्तक  -  २०६५ फाल्गुन ११, आइतवार
» भ्रष्टाचार, सरुवा र राजनीति  -  २०६५ कार्त्तिक ३०, शनिवार
Total : १२
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४३९८०