यसअघि सैनिक शाषन लागुगर्ने राष्ट्रपति पार्क जङहीको राजकीय अन्त्येष्टी गरिएको थियो । कोरियामा वहालवाला राष्ट्रपतिको निधन भएमा स्टेट फ्युनरल र पूर्व राष्ट्रपतिको निधनमा पब्लिक फ्युनरल गरिन्छ । नोबेल शान्ति पुरस्कार विजेता किमलाइ उनको जीवभरीको त्यागको सम्मानस्वरुप राजकिय अन्त्येष्टी गरिएको हो ।
उत्तर कोरियासँगको सम्बन्ध सुधार्न ऐतिहासिक भूमिका निभाएका यी पूर्वराष्ट्रपति किमको निधनले पनि गत दुइवर्षदेखि अति चिसिएको दक्षिण कोरियाली सम्बन्धमा न्यानोपन ल्याएको छ । उत्तर कोरियाली राष्ट्रपति किम जङ इलले पठाएको प्रतिनिधी मण्डलले आइतवार नै दक्षिणका राष्ट्रपति ली म्योङवाकलाइ भेटी सम्बन्ध सुधार्न उत्तर तयार रहेको जनाउ दिएको छ । उत्तर कोरियाली वर्वर्स पार्टीका सचिव किम कि नामको नेतृत्वमा ६ सदस्यिय टोली किमको अन्तयेष्टीमा सहभागी हुन दक्षिण आइपुगेको हो ।
पूर्व राष्ट्रपति किम दायजुङको पहलमा सन २००० मा भएको प्योङयाङ समिटले दुई देशको सम्बन्धको ढोका खोलेको हो । त्यसैवेला देखि सन १९४८ मा कोरिया विभाजीत भएपछि विभाजित परिवारका सदस्यको पुनमिलन गराइएको थियो । केही वर्ष निरन्तरता पाएपछि उक्त पुनर्मिलन पनि रोकिएको छ । उत्तर र दक्षिण विच सम्वन्ध सुधार गरेकोमा उनले सन २००० मा नै नोबेल पुरस्ककार प्राप्त गरेकका थिए ।
अन्त्येष्टी कार्यक्रममा कोरियाका दुइ प्रमुख क्रिश्चयन र बौद्ध धर्मका नेताहरुले नेता किमको आत्मा शान्तिका लागि प्राथना गरेका थिए । किमको शव विभिन्न सार्वजिनक स्थलहरु घुमाइएको थियो । ठूलो सँख्यामा सर्वसाधारणले उनलाइ श्रद्धाञ्जली अर्पण गरेका थिए । दिवङ्गत किम ८५ वर्षका थिए । उनको गत मगलवार निमोनियाको कारण निधन भएको हो