English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
दृष्टिकोण
 
एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल
२०६६ श्रावण २१, बुधवार @ 6:22 PM
अक्कल ब‍हादुर तामाङ :
+ A - A

देशको भौगोलिक बनोटको कारणले भनौ या देशको राज्य सत्ता चलाउने शासक बर्गको कमी कम्जोरी या नेपाली जनताको चेतनाको कमिले भनौ या राष्ट्रिय राजनीतिमा भएको उथल पुथलको कारण्ले भनौ ! सदियौ देखी कुटो र कोदालोको भरमा आफ्नो जीवन यापन गरिरहेको नेपाली जनाताको गहिरो पिडालाई अत्मसाथ गर्दै उनिहरुको अमुल परिवर्तन प्रतिको तिब्र आकङ्क्षालाई अङ्गिकार गरेर बिश्वको बिकशित राष्ट्रहरुको बिकास नितिलाई नजिक बाट बुझेका र मातृभूमी प्रतिको कर्तब्यलाई आत्मासात गर्ने ब्यक्तित्वहरु बाट एन आर एन नामक संस्थाको स्थापना भएको भन्नुमा दुई मत नहोला|मात्रिभुमी नेपालको बिकशको नारा लिएर योजनाबद्ध रुपमा विश्वका बिभिन्न देशमा एन आर एन संस्थाको स्थापना भएपछि नेपालको राजनीतिक र प्रेस जगतमा यसबारे विविध कोण र दिशा बाट तुलना र विश्लेशण तिब्र रुपमा भइरहेको देखिन्छ|विधिको विडम्वना भनौ या समयको खेल | मातृभूमीको नारा बोकेका एन आर एन ले विश्वोका कुना कुनामा छरिएर रहेका श्रमजिवी, विद्यार्थी र विभिन्न पेशामा संलग्न बर्ग हरुलाई समेट्न नसकेको देख्दा कतै एन आर एन पुजिपती वर्गको सुसुप्त लक्ष्य पुरा गर्ने योजनात होइन भन्ने हल्ला फिजिदै छ |वस्ताबमा यस्तोहल्ला सर्बहारा वर्गको खुन र पसिना चुस्न पल्केका सामन्ती समान्ती र शोषकहरुबाट मात्र भएको हुन सक्ने अनुमान हामीले गर्न सक्छौ | हुनत एन आर एन का हस्तिहरुबाट पनि केही कमजोरीहरु भएको मेरो अनुभवमा छ | त्यस्ता कमजोरिलाई चौथो विश्व  सम्मेलनले समिक्षा गर्नु पर्छ भन्ने मेरो मन्यता हो | एन आर एन को के कस्ता  कमजोरी छन् र चौथो विश्व सम्मेलनले यस्लाई कसरी निराकरण गर्ने हो भन्ने बिषयमा छोटो चर्चा यहाँ गर्न गैरहेको छु |
        १, साङ्गठानिक कमजोरी :- एकले थुके सुकी ,सयले थुके नदी भन्ने उखानलाई एन आर एन ले बिर्सिनु हुन्न थियो |तेर्स्रो विश्व सम्मेलनले नेपालको सरकारलाई दवाव दिनको लागि भनेर १८२ दिन विदेशमा बिताएकालाई एन आर एन को नमाकरण गर्ने भनिएको थियो तर सरकारलाई दवाव दिन सक्ने गरी संगठन विस्तार गर्न भने धेरै पछी परेको मेरो ठहर छ |२५ लाख एन आर एन को दावी गर्ने एन आर एन को पंजिक्रित सदस्य ५ हजार पनि नहुनुमा साह्रै दु:ख लाग्दो कुरा भएको छ |यो कुरालाई एन आर एन का हस्तिहरुले एक्दम नजिक बाट बिचार गर्नु पर्छ भन्ने मेरो मन्यता हो |
       २, अहङ्कारीता :- एन आर एन अन्तरराष्ट्रिय स्तरको संस्था हो र यस्लाई खोजी खोजी आउनु पर्छ भन्ने सोचाइ राख्नु अर्को कमजोरी हो |साथै पैसाले नै सबथोक हुन्छ भन्ने अहङ्कारलाई त्याग्न सक्नु पर्दथ्यो |यसरी त्यागेर एन आर एन को बारेमा नबुझेकालाई विभिन्न गोस्ठी हरु मार्फत बुझाउदै यसको पन्जिक्रित सदस्यता लिने हौसलाहरु प्रदान गर्नु सक्नु पर्दथियो |
        ३, स्पष्टनिती :- निश्चित अवधिक लागि विदेशमा बसेर स्वदेश फर्कने एन आर एन सदस्यहरुलाई स्पष्टनिती बनाउन नसक्ने मुख्य कमजोरी हो |वास्तवमा भन्ने हो भने खास एन आर एन त औलामा गन्न सकिन्छ |तर एन आर एन ले आफ्नो विधान भित्र १८२ दिन विदेशमा बसेकालाई ओगटेको हुनाले मैले यस् कुरालाई उठाएको हो |नित अवधिको लागि विदेश बस्ने श्रमिक र विद्यार्थी बर्ग तथा अन्य पेशामा संलग्न ब्यक्तिहरु जो आफ्नो अवधी पुरा भएपछी स्वदेश फर्कन्छन |स्वदेश फर्के पछी उनिहरु एन आर एन हुने कि नहुने ? हुने भये कुन देशको हुने र सदस्यता कहाँ बाट नविकरण गर्ने ? नेपाल बाट नविकरण गर्ने हो भने सार्क राष्ट्रमा रहेकालाई एन आर एन को नामाकरण नगरने कुरा विधानमा उल्लेख छ| अर्को कुरा स्वदेश फर्की सकेका सदस्यलाई एन अर एन बाट नेपालमा लगानी गर्ने कुनै पनि प्रोजेक्टमा पहिलो प्राथमिकता दिने भन्ने निती बनाउन सक्नु पर्छ |एन आर एन को नरा भने विदेशमा आर्जन गरेको सिप ,ज्ञान र सम्पत्ति स्वदेशमा लगानी गरेर देशको बिकास गर्ने भनेको छ भने अर्को तिर एन आर एन बाट भएको लगानीहरुमा विदेश बाट सिप हासिल गरेर फर्कनेलाई भन्दा आफ्नै नाता गोता र भरौटेलाई भर्ती गरेको पाईन्छ जस्ले गर्दा एन आर एन को पंचिक्रित सदस्य हुनु बाट हिचकिचै रहेका छन् | यती मात्र नभएर स्वदेश फर्केका सदस्यहरु जो सँग सम्पत्ति भएर पनि लगनी गर्ने तरिका जानी राखेको हुन्न जस्लाई निस्वार्थ रुपमा लगानी गर्ने बाटो र तरिका सिकाउने वा एन आर एन संस्थाले लगानी गरेकै ठाउमा लगानी गर्न हौसला दिन पर्दछ |कती पय सदस्यहरु आफ्नो ज्ञान र सिप मात्र प्रयोग गर्न चहिरहेको हुन्छन् यस्तालाई विना सर्त एन आर एन ले लगानी गरेको कुनै पनि प्रोजेक्टमा मौका दिन सक्नु पर्छ |अर्को कुरा एन आर एन को पन्जिक्रित सदस्यले सोझै केन्द्रिय कमिटी वा आइ सि सि वा एन सि सि मा आफुले चाहेको पदमा उमेदवार दिन पाउने भन्ने निती लागु गर्न पर्दछ |हालको नितीले स्वदेशमा फर्किसकेका एन आर एन सदस्य कसरी क्षेत्रिय , आइ सि सि हुँदै केन्द्रिय कमिटिमा कसरी पुग्न सकिन्छ ? यस नितिलाई स्पस्ट बनाउन नसके एन आर एन ले देखेका २५ लाख एन आर एन दिवा स्वप्न हुन सक्छ र भोली तिनै औलामा गन्न सक्ने एन आर एन मात्र एन आर एन को संस्था भित्र नहोला भन्न सकिन्न |
         ४, तेस्रो विश्व सम्मेलनले उब्जाएको आसङ्का :- तेस्रो विश्व सम्मेलनमा एन आर एन सदस्यताको बारेमा २ वटा कुराहरु उठेका थिए |पहिलो विदेशमा २ बर्ष बिताएकलाई एन आर एन सदस्यता दिने |दोस्रो १८२ दिन विदेशमा बिताएकालाई दिने |ती दुबै प्रस्ताब माथि छलफल गरी तेसबेला १८२ दिन विदेशमा बसेकालाई सदस्यता दिने भन्ने कुरा पारीत भएको थियो| तेस कुरा पारीत हुँदा पहिलो प्रस्तावमा हाल लाई थातीराखी भन्ने शब्द प्रयोग भएको छ र दोस्रोमा सरकारलाई दवाव दिनको लागि भनिएको छ र दोस्रो प्रस्ताव पारीत भएको छ| हाल सरकारले एन आर एन को माग लाई केही हद सम्म भये पनि बिचार  गरिसकेको छ|यसरी मागहरु पुरा भये पछी दोस्रो प्रस्तावको कुनै अर्थ देखिन्न र पहिलो प्रस्तावमा हामीलाई थातीराखी भन्नुको तात्पर्य दोस्रो प्रस्ताव पुरा भये पछी पहिलो प्रस्ताव स्वत: पारीत हुने स्पस्ट छ |अव सरकारलाई दवाव दिनको लागि मात्र बनएको सदस्यताको कुनै अर्थ नरहने देखिन्छ |यसै गरी १८२ दिने सदस्य २ वर्षे सदस्य गर्दा गर्दै अन्त्यमा वास्तविक एन आर एन मात्र यस संस्था भित्र रहने त होइन भन्ने सङ्का उब्जिएको छ यस्ता कुरालाई चौथो विश्व सम्मेलनले स्पष्टता दिनु पर्छ भन्ने मेरो मान्यता हो |
                अन्त्यमा आज एन आर एन संस्था धनी वर्ग मात्र सङ्गठित हुने संस्था हो यस्मा सर्वसाधारणको कुनै स्थान छैन भन्ने जुन भ्रम जन मानसमा फैलिएको छ भोलिको दिन अथवा चौथो विश्व सम्मेलन पश्चात यस्तो भ्रमलाई निर्मुल पार्ने स्पस्ट निती ल्याएर सर्वसाधारणको एन आर एन प्रतिको विश्वासलाई अझ विश्वास्त बनाउन पर्छ भन्ने मेरो मान्यत हो| यही नितिले नै विश्वमा रहेको एन आर एन हरु यस् संस्थाको पन्जिक्रित सदस्य हुन हिच्किचाउने छैन र संस्थाले देखेको २५ लख एन आर एन को सपना पुरा हुने छ भन्ने मैले विश्वास गरेको छु | जब यसरी सम्पूर्ण एन आर एन १ हुन्छन् तब मात्र गरीब , निमुखा र सर्बहरा वर्गको आमुल परिवर्तन प्रतिको तिब्र आशालाई अङ्गिकार गरी स्थापना भएको एन आर एन संस्थाले सगरमाथा र बुद्धको देशमा बिकासको झन्डा गाड्ने प्रतिवद्धता पुरा हुन्छ |
        


  धन्यवाद                                                                                                                                           


 अक्कल ब. तमाङ


एन आर एन दक्षिण कोरिया कार्यसमिती सदस्य


 mail address = shishir_muskan@yahoo.com

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» भिसाविहीन नेपाली कामदार  -  २०६६ कार्त्तिक ५, विहीवार
» इपिएसमा वैधानिक अपराध  -  २०६६ आश्विन ५, सोमवार
» तिज र समाज रुपान्तरण  -  २०६६ भाद्र ८, सोमवार
» खतरनाक खेल  -  २०६६ श्रावण २७, मंगलवार
» नागरिक सर्वोच्चता: देखाउने दाँत  -  २०६६ ज्येष्ड ४, सोमवार
» लोकतन्त्रको नकाबभित्र सत्ताकब्जाको रणनीति  -  २०६६ वैशाख २५, शुक्रवार
» भारतलाई पानी निर्यात  -  २०६५ चैत्र १९, बुधवार
» मेरो देसको लोकतन्त्रः नेतामा निहित सार्वभौमसत्ता  -  २०६५ चैत्र ४, मंगलवार
» गान्धी, ज्ञानेन्द्र र दिल्ली षड्यन्त्र  -  २०६५ चैत्र ३, सोमवार
» विज्ञान शिक्षाका प्रवर्तक  -  २०६५ फाल्गुन ११, आइतवार
» भ्रष्टाचार, सरुवा र राजनीति  -  २०६५ कार्त्तिक ३०, शनिवार
Total : १२
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४००८