English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
प्रमुख समाचार
 
माओवादीले आन्दोलन गर्ने
प्रेस बिज्ञप्तिको पूर्ण पाठ
२०६६ श्रावण १९, सोमवार @ 8:10 PM
:
+ A - A

१. नेपालका सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरु वीच वृहद् एकता कायम गरेर नेपालमा जनताको संघीय गणतन्त्र स्थापना र सुदृढ गर्ने उद्देश्यकासाथ एकीकृत नेपाल कम्युनिष्ट पार्टी -माओवादी) को पहल र नेतृत्वमा 'संयुक्त राष्ट्रिय जनआन्दोलन' को निर्माण गर्ने निर्णय भएको छ । यसको राष्ट्रिय भेला आयोजक समितिको अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष अमिक शेरचन र महासचिव नेत्र विक्रम चन्द रहनुभएको छ । छिटै यसको राष्ट्रिय भेला गरेर विस्तृत नीति तथा कार्यक्रम, नियमावली र संगठनात्मक नेतृत्ववारे सार्वजनिक गरिनेछ ।


२. दश वर्षे महान् जनयुद्ध र उन्नाइस दिने संयुक्त जनआन्दोलनको वलमा देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध केही समय यता देशी तथा विदेशी प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरुद्वारा गम्भीर षड्यन्त्र र आक्रमण भैरहेको छ । खाशगरी गणतन्त्र नेपालको पहिलो जननिर्वाचित सरकारद्वारा गम्भीर अनुशासनहीनता र लोकतन्त्रविरोधी हर्कतको आरोपमा विधिवत वर्खास्त गरिएका प्रधानसेनापति रुक्मांगत कटवाललाई पदमा कायमै राख्ने राष्ट्रपतिको सरासर संविधानविरोधी कदम पछि देशमा नवस्थापित गणतन्त्र र लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ । यसले देशमा नागरिक सर्वोच्चताको ठाडो उल्लंघन गर्दै वस्तुतः सैनिक सर्वोच्चता कायम गरेको मात्र छैन विद्यमान शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामाथि नै गम्भीर आघात पुर्‍याएको छ । यसका विरुद्ध एकीकृत नेकपा -माओवादी) लगायतका राजनीतिक दलहरु र आम जनसमुदायले सदन र सडकबाट सशक्त आवाज उठाउँदै आए पनि हाल कायम गरिएको कठपुतली सरकारले कुनै सुनुवाइ गरेको छैन । वरु उल्टै देश महँगी, अभाव, भ्रष्टाचार, झाडापखालाको प्रकोप, अपहरण, हत्या, अराजकता, राष्ट्रिय आत्मसमर्पणको दलदलमा नराम्ररी फस्दै गैरहेको छ । यो स्थितिमा सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिहरुले शान्ति, संविधान, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय संयुक्त सरकारको निम्ति सदन र सडकको एकीकृत आन्दोलन संचालन गर्नु अपरिहार्य भएको छ । त्यसैलाई ध्यान दिंदै हामीले पहिलो चरणमा निम्न वमोजिम संघर्षको कार्यक्रम तय गरेका छौं, जसलाई हरतरहले साथ दिएर सफल पार्न हामी सवैसंग हार्दिक आग्रह गर्दछौं ।


संघर्षका कार्यक्रमहरू


-क). श्रावण २३ गते देखि व्यवस्थापिका-संसदमा विशेष संघर्ष


-ख). श्रावण २५ गते देशका सवै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन


-ग). श्रावण २६ देखि भाद्र १० गतेसम्म कोण सभा, कार्टून प्रदर्शन, भित्तेलेखन, मसाल जुलुस, धर्ना, घेराउ आदि व्यापक प्रचारात्मक र दवावमूलक कार्यक्रम


-घ). -१). भाद्र ११ गते देखि राष्ट्रपतिको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन


-२). भाद्र १५ गते देखि प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन


-३). भाद्र २० गते देखि मन्त्रीहरुको सार्वजनिक कार्यक्रम वहिष्कार र कालोझण्डा प्रदर्शन


-ङ). भाद्र २० देखि २९ गतेसम्म निम्न वमोजिम विशाल जनसभा


भाद्र २१ गते- विराटनगर र गाइघाट -उदयपुर)


भाद्र २२ गते- जनकपुर र सुर्खेत


भाद्र २३ गते- हेटौंडा र वाग्लुङ


भाद्र २४ गते- वुटवल र घोराही


भाद्र २५ गते- पोखरा र फिदिम -पाँचथर)


भाद्र २६ गते- काठमाण्डौं र जुम्ला


भाद्र २७ गते- नेपालगञ्ज र दिपायल


भाद्र २८ गते- धनगढी र विर्तामोड


भाद्र २९ गते- नारायणगढ र लिवाङ -रोल्पा)


-च). असोज महिनाभर ः देशव्यापी जनसांस्कृतिक तथा जनसम्पर्क अभियान


प्रमुख नाराहरू


- नागरिक सर्वोच्चता कायम गर


- राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर


- स्वायत्त गणराज्यहरू तत्काल घोषणा गर


- समानुपातिक आधारमा स्थानीय निकाय गठन गर


- अक्कासिंदो महँगी नियन्त्रण गर


- पश्चिमी पहाडमा व्याप्त झाडापखालाको महामारी तुरुन्त नियन्त्रण गर


- राष्ट्रिय संयुक्त सरकार निर्माण गरौं


- जनताको संघीय गणतन्त्र स्थापना गरौं


- राष्ट्रिय स्वाधीनताको रक्षा गरौं


- सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरु एक हौं ।


 


धन्यवाद !


 


२०६६/४/१९


......................


बावुराम भट्टराई


अध्यक्ष, राष्ट्रिय भेला आयोजक समिति


संयुक्त राष्ट्रिय जनआन्दोलन

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो  -  २०६७ आषाढ २९, सोमवार
» मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा  -  २०६६ फाल्गुन २७, बुधवार
» जनता विरुद्ध बन्द–हडताल  -  २०६६ पौष ८, बुधवार
» माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे  -  २०६६ पौष ८, बुधवार
» रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति  -  २०६६ म‌सिर १३, शनिवार
» 'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'  -  २०६६ म‌सिर ११, विहीवार
» अपराध एउटा, कारबाही अर्कै  -  २०६६ कार्त्तिक ५, विहीवार
» शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल  -  २०६६ कार्त्तिक ५, विहीवार
» 'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'  -  २०६६ आश्विन ९, शुक्रवार
» वीरको गेटमा तीन दिनदेखि बिरामी  -  २०६६ आश्विन ५, सोमवार
» कोरियामा नेपाली श्रमिकको धरपकड  -  २०६६ आश्विन ३, शनिवार
» हिन्दुहरुको महान चाढ बडादसै सुरु  -  २०६६ आश्विन ३, शनिवार
» नेपाल-कोरिया साहित्य आदानप्रदान  -  २०६६ भाद्र १८, विहीवार
» दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण  -  २०६६ भाद्र ९, मंगलवार
» प्रवासी नेपाली संघको दुई महिने अभियान  -  २०६६ भाद्र ९, मंगलवार
» डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा  -  २०६६ भाद्र ७, आइतवार
» पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न  -  २०६६ भाद्र ७, आइतवार
» पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार  -  २०६६ भाद्र ४, विहीवार
» कोरियामा आकर्षक नेपाली प्याभिलियन  -  २०६६ श्रावण ३१, शनिवार
» गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी  -  २०६६ श्रावण ३१, शनिवार
Total : १२७
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४००८