कोरियामा सामाजिक परिवर्तन र आर्थिक विकासको गतिमा समानता छैन । बितेको ३० वर्षमा यहाँको अर्थतन्त्रको कायापलट भए पनि सामाजिक विकासको गति मन्द छ । आर्थिक रुपमा विश्वको पन्ध्रौ सम्पन्न राष्ट्र लैङ्गिक समानताको सूचकमा नेपालभन्दा पनि पछि रहेको विभिन्न तथ्यांकले देखाउँछन् । कन्फुसियसको विचारबाट प्रभावित कोयिाली समाजमा लैंगिक असमानताका थुप्रै डोबहरु देखिन्छन् ।
आर्थिक र सामाजिक विकासमा देखिएको असंगतिका कारण नयाँ सामाजिक समस्या देखिएका छन् । उच्च दरको सम्बन्धविच्छेद महिलामा बढ्दो विवाह नगर्ने प्रवृत्ति तथा घट्दो जन्मदर आदिले दक्षिण कोरियाली समाज असन्तुलित हुँदै गएको छ । फलतः शिक्षित र सहरिया महिला उपयुक्त फरुषको खोजीमा हुन्छन् भने विपन्न शारीरिकरुपमा अशक्त र ग्रामीण क्षेत्रका पुरुष विवाह योग्य बधुको अभावमा छटपटिएका छन् । यस्ता ग्रामीण विपन्न तथा अशक्त पुरुषको विवाह अचेल मूलतः विदेशी महिलामा निर्भर छ ।
भियतनाम फिलिपिस्न तथा मंगोलिया लगायतका देशमा कोरियाली पुरुषले ुविवाह यात्राु थालेको एक दशक बढी भइसक्यो । यसका लागि कोरियालीले नेपालतिर आँखा लगाउन थालेको पुष्टि नेपाल र कोरियाका प्रशासनमा दर्ताभएका नेपाली-कोरियाली विवाह तथ्यांकले गरेको छ ।
कतिपय कोरियाली फरुषले जीवन यापनकै निम्ति नेपाली महिला खोजिरहेको अवस्था छ भने केही कोरियाली महिला तथा पुरुष पैसा तथा यौनका लागि नक्कली विवाह गर्न पनि हिडेका छन् । गरिब्ीमा पि_िल्सएर तथा कोरियाली सपना देखेर नेपाली महिला र केही फरुष पनि कोरिया आइफगेका छन् । कोरियाली र नेपालीबीचको विवाह पछिल्ला वर्षमा निकै बढेको छ नेपालीहरु वैवाहिक आप्रवासी भएर कोरिया छिरेका छन् ।
यीमध्ये केहीको त बिचल्ली पनि भइसकेको छ । ुपेपर म्यारिजु गरेका जोडी धमाधम फर्काइएका छन् । प्राप्त जानकारीअनुसार यसरी कोरिया पुगेका १० जना जति यसै वर्ष नेपाल फर्किएका छन् । कतिपय समातिने डरले लुकेर बसेका छन् । ुकागजी विवाहु मा संलग्न कोरियाली तथा नेपाली दलाल पक्राउ पनि परेका छन् । कोरियाले बनाउन लागेको नयाँ कानुन आगामी वर्षको प्रारम्भबाट लागू भयो भने थप कडाइ हुनेछ । सक्कली विवाह गर्ने मध्ये पनि करिब २५ जना महिला विभिन्न समस्या भोगेर परामर्शमा हिडरिहेका छन् । जाली विवाहमा त दलाल र नक्कली पुरुषको त्रास हुने नै भयो सक्कली विवाहमा पनि कोरियामा विदेशी महिलाले समस्या भोगिरहेका छन् । भाषा र संस्कृतिको भिन्नता तथा कोरियालीले विदेशी पत्नी र बुहारीमाथि गर्ने अविश्वास यसको कारण हो । कोरियाली पुरुषसँग विवाह गरेका महिला प्रवासी नेपाली समाजमा खुलेर उपस्थित हुँदैनन् । तिनको वास्तविक अवस्था बुझ्न कठिन छ । कोरियाली महिला विवाह गर्ने नेपाली फरुषले भने राम्रै व्यवसाय गरेका छन् । अधिकांशले रेष्टुराँ चलाउँछन् ।
नक्कली विवाह गर्नेले कोरियाली पति पत्नी रिझाउँदा चुकाउनु पर्ने मूल्य चर्को हुन्छ । भिसा नवीकरणको समय कोरियालीले नेपाली कथित पतिपत्नीलाई बल्छीमा पार्ने समय हो । कतिले पैसा माग्ने र कतिले महिनादिन वा सातादिनसम्म आफूसँगै सुत्नुपर्ने सर्तसम्म राख्छन् रे ।
कोरियालीसँग वास्तविक विवाह नै गर्न चाहने नेपाली महिलाले पनि निकै गंभिरतापूर्वक सोच्नु जरुरी छ । कोरिया समजातीय समाज भएकाले यहाँका कतिपय नागरिक अरु जातिलाई घृणा पनि गर्दछन् । मंगोल अनुहार नभएकाहरुले कोरियालीसँग विवाह गर्दा थप दुःख भोग्नुपर्ने हुनसक्छ ।
कोरियाली र नेपाली दुवै पक्ष सकेसम्म एकअर्कालाई ढाँट्ने छल्ने र ठग्ने अभ्यासमा लागेको देखिन्छ । विवाह गर्ने दुई पक्षबाहेक दलालको भूमिका अपराधीसरह भएको भुक्त भोगीको कथन छ । कागजमा कोरियाली पति भएपनि आफ्नै नेपाली पतिसँग बसिरहेका धेरै नेपाली महिला पनि छन । कोरियाली पति धनी परेका खण्डमा नेपाली पतिहरु नै आफ्नो पत्नीको सम्पतिसहितको सम्बन्ध विच्छेद गराउन हिडिरहेका भेटिन्छन् ।
व्यवहारमा जे भए पनि कानुनका आँखामा यस्ता सबै विवाह वैध नै हुन । विवाह गर्ने जोडीले नेपाल तथा कोरियाले तोकेका कानुनी सर्त पूरा गरेका हुन्छन् । त्यसैले गम्भीर अध्ययनबिना कति विवाह नक्कली कति सक्कली भन्ने छुट्याउन सकिँदैन । कोरियाले दलाल पक्राउउने वैवाहिक आप्रवासीलाई भिसा नवीकरणमा कडाइ गर्ने गरेको छ र कानुन नै बदल्ने तयारी गरिरहेको छ । नेपालले भने न त कानुनी उपाय अपनाएको छ र न त वैवाहिक आप्रवासीका रुपमा विदेश गएका फगेका आफ्ना नागरिकको अवस्थाबारे जान्न नै खोजेको छ ।
राज्यले यसलाई सरोकारको विषय नै नठाने जस्तो छ । तर कोरियाकै मात्र सन्दर्भमा पनि वैदेशिक विवाहलाइ व्यवस्थित र मूल्यांकन गर्न जरुरी छ । यसका लागि विद्यमान कानुनमै परिवर्तन र सामाजिक सर्तकता अपनाउनु पर्छ । वैवाहिक जीवनमा संवादको भूमिका महत्वपूर्ण हुन्छ । पति पत्नीबीच साझा भाषा हुनैपर्छ । विवाह गर्न चाहँने विदेशी जोडी दुवैले एक अर्काको संस्कार र भाषा जान्नैपर्ने प्रावधान कानुनमा राख्नुपर्छ ।
नागरिक दैनिकवाट