English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
फिचर समाचार
 
कागजी विवाह र कोरियाली पीडा
२०६६ श्रावण १७, शनिवार @ 7:26 PM
माधवी भट्ट :
+ A - A

कोरियामा सामाजिक परिवर्तन र आर्थिक विकासको गतिमा समानता छैन । बितेको ३० वर्षमा यहाँको अर्थतन्त्रको कायापलट भए पनि सामाजिक विकासको गति मन्द छ । आर्थिक रुपमा विश्वको पन्ध्रौ सम्पन्न राष्ट्र लैङ्गिक समानताको सूचकमा नेपालभन्दा पनि पछि रहेको विभिन्न तथ्यांकले देखाउँछन् । कन्फुसियसको विचारबाट प्रभावित कोयिाली समाजमा लैंगिक असमानताका थुप्रै डोबहरु देखिन्छन् ।



आर्थिक र सामाजिक विकासमा देखिएको असंगतिका कारण नयाँ सामाजिक समस्या देखिएका छन् । उच्च दरको सम्बन्धविच्छेद महिलामा बढ्दो विवाह नगर्ने प्रवृत्ति तथा घट्दो जन्मदर आदिले दक्षिण कोरियाली समाज असन्तुलित हुँदै गएको छ । फलतः शिक्षित र सहरिया महिला उपयुक्त फरुषको खोजीमा हुन्छन् भने विपन्न शारीरिकरुपमा अशक्त र ग्रामीण क्षेत्रका पुरुष विवाह योग्य बधुको अभावमा छटपटिएका छन् । यस्ता ग्रामीण विपन्न तथा अशक्त पुरुषको विवाह अचेल मूलतः विदेशी महिलामा निर्भर छ ।


भियतनाम फिलिपिस्न तथा मंगोलिया लगायतका देशमा कोरियाली पुरुषले ुविवाह यात्राु थालेको एक दशक बढी भइसक्यो । यसका लागि कोरियालीले नेपालतिर आँखा लगाउन थालेको पुष्टि नेपाल र कोरियाका प्रशासनमा दर्ताभएका नेपाली-कोरियाली विवाह तथ्यांकले गरेको छ ।


कतिपय कोरियाली फरुषले जीवन यापनकै निम्ति नेपाली महिला खोजिरहेको अवस्था छ भने केही कोरियाली महिला तथा पुरुष पैसा तथा यौनका लागि नक्कली विवाह गर्न पनि हिडेका छन् । गरिब्ीमा पि_िल्सएर तथा कोरियाली सपना देखेर नेपाली महिला र केही फरुष पनि कोरिया आइफगेका छन् । कोरियाली र नेपालीबीचको विवाह पछिल्ला वर्षमा निकै बढेको छ नेपालीहरु वैवाहिक आप्रवासी भएर कोरिया छिरेका छन् ।


यीमध्ये केहीको त बिचल्ली पनि भइसकेको छ । ुपेपर म्यारिजु गरेका जोडी धमाधम फर्काइएका छन् । प्राप्त जानकारीअनुसार यसरी कोरिया पुगेका १० जना जति यसै वर्ष नेपाल फर्किएका छन् । कतिपय समातिने डरले लुकेर बसेका छन् । ुकागजी विवाहु मा संलग्न कोरियाली तथा नेपाली दलाल पक्राउ पनि परेका छन् । कोरियाले बनाउन लागेको नयाँ कानुन आगामी वर्षको प्रारम्भबाट लागू भयो भने थप कडाइ हुनेछ । सक्कली विवाह गर्ने मध्ये पनि करिब २५ जना महिला विभिन्न समस्या भोगेर परामर्शमा हिडरिहेका छन् । जाली विवाहमा त दलाल र नक्कली पुरुषको त्रास हुने नै भयो सक्कली विवाहमा पनि कोरियामा विदेशी महिलाले समस्या भोगिरहेका छन् । भाषा र संस्कृतिको भिन्नता तथा कोरियालीले विदेशी पत्नी र बुहारीमाथि गर्ने अविश्वास यसको कारण हो । कोरियाली पुरुषसँग विवाह गरेका महिला प्रवासी नेपाली समाजमा खुलेर उपस्थित हुँदैनन् । तिनको वास्तविक अवस्था बुझ्न कठिन छ । कोरियाली महिला विवाह गर्ने नेपाली फरुषले भने राम्रै व्यवसाय गरेका छन् । अधिकांशले रेष्टुराँ चलाउँछन् ।


नक्कली विवाह गर्नेले कोरियाली पति पत्नी रिझाउँदा चुकाउनु पर्ने मूल्य चर्को हुन्छ । भिसा नवीकरणको समय कोरियालीले नेपाली कथित पतिपत्नीलाई बल्छीमा पार्ने समय हो । कतिले पैसा माग्ने र कतिले महिनादिन वा सातादिनसम्म आफूसँगै सुत्नुपर्ने सर्तसम्म राख्छन् रे ।
कोरियालीसँग वास्तविक विवाह नै गर्न चाहने नेपाली महिलाले पनि निकै गंभिरतापूर्वक सोच्नु जरुरी छ । कोरिया समजातीय समाज भएकाले यहाँका कतिपय नागरिक अरु जातिलाई घृणा पनि गर्दछन् । मंगोल अनुहार नभएकाहरुले कोरियालीसँग विवाह गर्दा थप दुःख भोग्नुपर्ने हुनसक्छ ।


कोरियाली र नेपाली दुवै पक्ष सकेसम्म एकअर्कालाई ढाँट्ने छल्ने र ठग्ने अभ्यासमा लागेको देखिन्छ । विवाह गर्ने दुई पक्षबाहेक दलालको भूमिका अपराधीसरह भएको भुक्त भोगीको कथन छ । कागजमा कोरियाली पति भएपनि आफ्नै नेपाली पतिसँग बसिरहेका धेरै नेपाली महिला पनि छन । कोरियाली पति धनी परेका खण्डमा नेपाली पतिहरु नै आफ्नो पत्नीको सम्पतिसहितको सम्बन्ध विच्छेद गराउन हिडिरहेका भेटिन्छन् ।


व्यवहारमा जे भए पनि कानुनका आँखामा यस्ता सबै विवाह वैध नै हुन । विवाह गर्ने जोडीले नेपाल तथा कोरियाले तोकेका कानुनी सर्त पूरा गरेका हुन्छन् । त्यसैले गम्भीर अध्ययनबिना कति विवाह नक्कली कति सक्कली भन्ने छुट्याउन सकिँदैन । कोरियाले दलाल पक्राउउने वैवाहिक आप्रवासीलाई भिसा नवीकरणमा कडाइ गर्ने गरेको छ र कानुन नै बदल्ने तयारी गरिरहेको छ । नेपालले भने न त कानुनी उपाय अपनाएको छ र न त वैवाहिक आप्रवासीका रुपमा विदेश गएका फगेका आफ्ना नागरिकको अवस्थाबारे जान्न नै खोजेको छ ।


राज्यले यसलाई सरोकारको विषय नै नठाने जस्तो छ । तर कोरियाकै मात्र सन्दर्भमा पनि वैदेशिक विवाहलाइ व्यवस्थित र मूल्यांकन गर्न जरुरी छ । यसका लागि विद्यमान कानुनमै परिवर्तन र सामाजिक सर्तकता अपनाउनु पर्छ । वैवाहिक जीवनमा संवादको भूमिका महत्वपूर्ण हुन्छ । पति पत्नीबीच साझा भाषा हुनैपर्छ । विवाह गर्न चाहँने विदेशी जोडी दुवैले एक अर्काको संस्कार र भाषा जान्नैपर्ने प्रावधान कानुनमा राख्नुपर्छ ।


नागरिक दैनिकवाट

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» संघ संस्था के हो र किन  -  २०६६ आश्विन ७, बुधवार
» कोरियन मानवनको मूल्य नेपालमा बुझिन्छ  -  २०६६ आश्विन ६, मंगलवार
» कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो  -  २०६६ श्रावण २९, विहीवार
» शक्तिखोर मनस्थिति र माओवादी प्रवृत्ति  -  २०६६ वैशाख २५, शुक्रवार
» नयाँ भूमिकामा नागरिक समाज  -  २०६५ चैत्र ४, मंगलवार
» ईपीएस र कोरियाली समस्या  -  २०६५ फाल्गुन १४, बुधवार
» विवाह पर्यटन : व्यक्ति र राष्ट्रको अस्मितामा चोट  -  २०६५ पौष २९, मंगलवार
» कोरिया, नेपाल र राष्ट्रसंघ  -  २०६५ कार्त्तिक १७, आइतवार
Total : ९
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४०१०