कोरियाली महान् चाड छुसकको अबसरमा किरांत राई यायोख्खा कोरियाको आयोजनामा अक्टोबर २ तारिखका दिन गर्ने भनिएको सस्कृतिक कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको छ | "यलम्बर सौगात" नाम दिईएको उक्त कार्यक्रम कुन्कुक युनिभर्सिटीमा सम्पन्न हुन गैरहेको छ । ईण्डियन सोनी टेलिभिजनकी प्रख्यात गायिका प्रक्रिती गिरी लागायत नेपालका ख्याती प्राप्त कलाकारहरु आधुनिक गायक कुवर राई, चर्चित लोक दोहोरी गायिका सिर्जना(बिरही)थापा(मगर),नव प्रितीभा गायिका सरिता लिम्बु ,चर्चित निर्त्यकार रन्जिता गुरुङ तथा उदघोषक समिर राई आकर्षक प्रस्तुती लिएर कोरिया आउने भएका छन ।
उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफलपारी दिनुहुनका लागि दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण संघसस्थाहरुलाई किरांत राई यायोख्खा दक्षिण कोरियाद्वारा हार्दिक निमन्त्रण गर्दछ ।थप जानकारीका लागि सस्थाका विभिन्न ब्यक्तिलाई संपर्क गर्न सकिनेछ ।