दक्षिण कोरियाले शरणार्थी आवेदकहरुमाथि तत्काल कडा छानविन गर्ने भएको छ। अपर्याप्त विवरण र प्रमाण सहित शरणार्थीका लागि आवेदन दिनेहरुलाई यहाँको अध्यागमनले धरपकड गरी देश निकाला गर्ने अन्तिम तयारी गरिरहेको छ। शरणार्थी आवेदन दिनेमध्ये सबैभन्दा बढी नेपाली छन्।
वितेको एक दशकमा कोरियामा शरणार्थी आवेदकको संख्या बढेको छ। तर कोरिया सरकारले थोरैलाई मात्र शरणाथीको मान्यता दिएको छ।
सोलबाट प्रकाशित हुने अंग्रेजी दैनकि कोरिया टाइम्सका अनुसार कोरियामा शरणार्थीका लागि विभिन्न ४० देशका नागरिकले आवेदन दिएका छन्। त्यसमा नेपालीको संख्या सबैभन्दा बढी छ। त्यसपछि चीन, म्यानमार, श्रीलंका र नाइजेरियाका नागरिकले शरणार्थीका लागि आवेदन दिएका छन्। शरणार्थीका लागि आवेदन दिएका एक नेपालीका अनुसार करीव ५ सय जना नेपालीले शरणाथी परिचय माग गरेका छन्। तर नेपाली आवेदकहरुमध्ये हालसम्म कसैले पनि पूर्णरुपले शरणार्थीको परिचय पाएका छैनन्। केहीले भने शरणार्थी आवेदकका रुपमा कोरिया बस्ने अस्थाइ स्विकृती प्राप्त गरेका छन्।
कोरियामा शरणार्थी तथा शरणार्थी आवेदकहरुलाइ जीवन यापनका लागि कुनै निश्चित सहयोगको व्यवस्था गरिएको छैन। उता यहाँको कानुनले शरणार्थी तथा आवेदकहरुलाई काम गर्ने अधिकार पनि दिएको छैन। शरणाथी आवेदकहरुले परिचय पाउने नपाउने भन्ने विषयमा पनि यहाँको शरणार्थी विभागले लामो समयदेखि निर्णय गर्न सकेको छैन। आवेदनहरु पेन्डिङमा छन ।
शरणार्थी पहिचानमा भएको ढिलाइ र जीवन यापनमा भएको असपष्टताको अधिकारवादीहरुले चर्को विरोध गर्दै आएका कारण शरणार्थी आवेदनमाथी तत्काल निर्णय हुन लागेको हो। अध्यागमनले शरणार्थी परिचय प्राप्त गर्न असफल आवेदकहरुलाइ धरपकड गरी सम्बन्धित देशमा फर्काउनेछ। नागरिकन्युजवाट