सपना पनि के के देख्न थालें मैले
कहिले आफ्नो लाश बोकि हिड्छु
कहिले आफ्नो चिताको आगो आफैं ताप्छु
अनि कहिले बौलाएर रांची पुग्ने गर्छु
मष्तिस्कले सोच्न छाडी सकेपनि
बेला-बेला मनको ढोका ढक्ढक्याउने गर्छ
अब त आयो होला भनी खोल्ने गर्छु
तर बर्षउ झैं कोलाहल बारुदका गोलीलाई तर्काउंछु
उहु मेरो झिनो आशा फेरि मरे झैं भो
बत्ती निभे झैं भयो
हृदय अन्धकारमय भो
साह्रै निष्पट्ट भो
ऋतुहरु एक एक गरी फेरि आउन थाले
हरिया टुसा फेरि पनि पलाउन थाले
तर शान्ति आएन बुद्ध आएन
आए त केवल आश्वासन
कैले रामे कैले श्यामे पालैपालो
नेपाल स्वीजरलेण्ड हुने सपना
केवल एक एजेण्डामा
पढ्न पाउछन् सोझा नेपालीले
५/१० बर्षमा
तर यहां त्यस्तो केही हुन्न
केवल पुराना कथाहरु दोहोरिन्छन जहिले
नयां नेपाल शुरु हुन्न कहिले
भन्छ मेरो मनले
बीर बहादुर कमजोर अनी
धन बहादुर कंगाल भए जस्तै
जलस्रोतको धनी देश नेपालमा
जस्ता प्यासिए जस्तै
बिजुली त परै जाओस् गाउंका झुपडीमा
एक ठुम्की मट्टीतेल नभए जस्तै
सारा उल्टे उल्टो हुने हाम्रो देश कति महान
देश हांक्ने गुरुजी झन कति महान
आहा बधाई छ उनलाई
सारा कुराहरुको दोष दिनुस मलाई
सजायं दिनुस् मलाई
भोग्न तयार छु म
मर्न तयार छु म
...............यदि मैले देश हांक्थे भने ।