कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले शब्दमा उनेर कविताको माला बनाएका छन ।
पहिलो पल्ट तिमीलाई देख्दा
तिमी मसँग सारै लजाएकी थियौ
यति सम्म कि महिनौ दिन कुर्दा पनि
तिमीले आफनो घुम्टो खोलिनौ
मैले सम्झे सेतै पहिरण ओढेको तिमी
मेरो देशकी पुरातन विधुवा हौ ।
दोस्रो पटक तिमीलाई भेट्दा
तिमीलाई मैले नाङ्गै देखे-
निर्वस्त्र-
मानौ तिमीसँग कुनै कपडा थिएन
कस्तो दुब्लाएकी थियौ ।
तेस्रो पटक जब मैले देखे
तिमी त जवान रहिछौ ।
कति फूल्न सकेकी बैंशमा तिमी
कति रमाउन सकेकी वर्षामा तिमी
अलिकति गर्मी पनि बढेछ तिम्रो शरिरमा-
अलिकति रौनक पनि चढेछ तिम्रो नजरमा
तिम्रा छातिका पहाडहरु-
तिम्रा गर्भका समुन्द्रहरु
र तिम्रो अधरमा हासेको विकासको भूगोल
औधी नै राम्रो सुहाएको थियो ।
त्यस पछि हो मैले माया गर्न थालेको तिमीलाई
तिमी त साच्चै सुन्दर रहिछौ ।