|
परिचय
हाइ नेपाल डट नेट गैर नाफामुलक सामुदायीक अनलाइन हो । नेपालको काठमाडौंमा मेन स्टेशन रहेको यो अनलाइनले नेपालीहरु रहेका विश्वका विभिन्न मुलुकहरुमा आफ्नो सव स्टेसन खडा गर्नेछ । विभिन्न समुदाय, जनजाती, भाषाभाषी धर्म र पेसाप्रति समानभाव राखी यसले समाचार, सुचना र मनोरञ्जन सामग्रीहरु प्रस्तुत गर्नेछ । हाइनेपाल गैर नाफा मुलक अनलाइन मिडियाका रुपमा उपस्थित हुनेछ ।
उदेश्य
देसमा विद्यमान भ्रष्टाचार र आर्थिक अनियमितताको चिरफार यसले गर्नेछ । देस विकासको निम्ति प्रयासरत व्यक्ति तथा समुदायको व्याकअप पनि बन्नेछ । अनुसासनहिनताको विरुद्ध र सुशासनको पक्षमा मिसन पत्रकारिता गर्नेछ यसले । नेपाल र विश्वमा छरिएका नेपालीहरुलाइ सुचना, समाचार दिनु हाइ नेपालको मुख्य उद्देश्य हो । आवाज विहीनहरुका निम्ति आवाज दिनु, नराम्रोका विरुद्ध अभियान चलाउनु र समुन्नतन नेपालका लागि अक्षरजन्य इटाले रचनात्मक सहयोग पुर्याउनु हाम्रो अभिष्ट छ । च्याउँ उम्रिएसरी उम्रिएका अनलाइन र तिनले गिराएका पेसागत पत्रकारीताका साँखका माझ अनलाइन पत्रकारिता नेपालको सन्दर्भमा हाइ नेपाल एउटा छुट्टै दियालो बन्नेछ । नेपाली पत्रकारितामा अनलाइनलाइ एउटा व्यवसाय बनाउन सहयोग गर्नेहरुका माझमा यो लामबद्ध हुनेछ ।
सञ्चालक
पेसागत पत्रकारीता विश्वशनीयता, इमानदारीता र परिपक्वता हाँसिल गरेका तर जागरुकता र कार्यगतिशीलताका रुपमा युवा जोशमा रहेकाहरुको एउटा नयाँ प्रयोगका रुपमा यो आएको छ ।
ठेगाना:
सम्पादक
हाइनेपाल डट नेट
कोटेश्वर, काठमाडौं नेपाल
टेलिफोन ९७७-१-४४६९२३२
इमेलः editor@hinepal.net
समाचार पठाउने ठेगाना: news@hinepal.net
|